ब्याँस गाउँपालिका वडा नम्बर १ ले जेष्ठ नागरिकहरूलाई सहज सेवा दिने उद्देश्यले घरमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण गरेको छ।

ब्याँस गाउँपालिका वडा नं. १ को टोलीले चालु आर्थिक वर्ष २०८३/०८४ को लागि आज शनिबार वडा नम्बर १ का ७ जना जेष्ठ नागरिकहरूको सामाजिक सुरक्षा भत्ता उहाँहरूकै घरमा पुगेर नवीकरण गरेको वडा नम्बर १ का सचीव बिनोद बुढाथोकीले जानकारी दिनु भयो । उमेर र शारीरिक स्वास्थ अवस्थाको कारण जेष्ठ नागरिकहरुलाई वडा कार्यलय सम्म आउन/ल्याउन असहज र समस्याहुने भएकोले भएकाले वडा कार्यालयले घरदैलोमा पुगेर भत्ता नवीकरणका लागि आवश्यक कागजात जाँच्ने, फारम भर्ने र प्रमाणीकरण गर्ने सम्पूर्ण प्रक्रिया घरमै सम्पन्न गरि सेवा दिएको वडा सचीव बुढाथोकीले बताए ।
