दार्चुला, साउन १८ — ब्याँस गाउँपालिका–४ सुनसेराको जय गोरखनाथ सचेतना समाजले आज एक कार्यक्रम आयोजना गरेर सरुवा भएर जान लाग्नु भएका नेपाली सेना टिंकर सडक आयोजनाका प्रमुख तथा प्रमुख सेनानी कर्णेल राजेश कटुवालको सम्मान तथा बिदाइ गरेको र नयाँ आउनु भएका आयोजना प्रमुख-प्रमुख सेनानी ज्युको स्वागत गरेको जय गोरखनाथ सचेतना समाजका सचीव बिमल कुवरले जानकारी दिएका छन् ।


कर्णेल कट्वाल नेपाली सेनाले निर्माण गरिरहेको दार्चुला टिंकर सडक आयोजना बाट सरुवा भई नयाँ कार्य क्षेत्रतर्फ प्रस्थान गर्न लाग्नु भएको अवसरमा उहाँले ब्याँस क्षेत्रको धार्मिक, सांस्कृतिक तथा सामाजिक क्षेत्रमा पुर्‍याउनु भएको उल्लेखनीय योगदानको उच्च सम्मान स्वरूप स्थानीय जनसमुदायले बिदाइ तथा सम्मान कार्यक्रम गरेको जय गोरखनाथ सचेतना समाज सुन्सेराका सूचना अधिकारी आयुष कुवरले बताए।
नेपाली सेनाको दार्चुला–टिंकर सडक आयोजनाको ब्यारेक रहेको ब्याँस गाउँपालिका–४ सुन्सेरामा नेपाली सेनाले हालै धार्मिक तथा सामुदायिक पूर्वाधार निर्माणमा पनि सहयोग गरेको थियो। असार २३ गते सेनाले ब्याँस ४ सुन्सेरामा रहेको प्रसिद्ध शक्तिपिठ गोरखनाथ मन्दिर(चिलघोले) परिसरमा शिवको मुर्ति,स्वयम्भू, पशुपतिनाथ र गुरु गोरखनाथका प्रतीकहरू स्थापना गरि फूल तथा बिरुवा रोपेर निर्माण गरेको गोरक्ष बाटिका स्थानीय समुदायलाई हस्तान्तरण गरेको थियो। साथै गोरखनाथ मन्दिर परिसरको सौन्दर्य अभिवृद्धिका लागि झिलिमिली बत्ती जडान तथा अन्य सौन्दर्यीकरणका कामसमेत गरिएको छ।
स्थानीय समुदायका अनुसार कर्णेल राजेश कट्वालको कार्यकालमा सडक निर्माणसँगै धार्मिक, सामाजिक तथा सामुदायिक विकासका क्षेत्रमा समेत विभिन्न योगदान भएका कारण उहाँप्रति सम्मान व्यक्त गर्दै बिदाइ कार्यक्रम आयोजना गरिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय