
दार्चुला, मंसिर १३ । ‘घरैदेखी शुरु गरौ, महिला विरुद्धको हिंसा अन्त्य गरौं’ भन्ने मुलनाराका साथ नोभेम्बर २५ देखी डिसेम्बर १० अर्थात मंसिर ९ गते देखी २४ गते सम्म मनाइने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत आज दिप प्रज्वलन गरिएको छ ।
महाकाली नगरपालिका वडा नम्बर ४ बिच बजार स्थित पिपलबोटमा नेपालको नक्सा बनाएर दिप प्रज्वलन गरिएको नगर प्रमुख हंसराज भट्टले जानकारी दिनुभयो । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान नगरपालिकाले विभिन्न कार्यक्रम गरी मनाउदै छ । यो अभियानमा सामाजिक संस्था सामुदायिक ग्रामिण विकास समाज नेपाल दार्चुलाले पनि साथ दिदै कार्यक्रम गर्दै आइरहेको टिम लिडर अशोक ओझाले जानकारी दिनुभयो ।
अभियानलाई सफल बनाउन मंसिर २४ गते सम्म हरेक दिन कुनै न कुनै कार्यक्रम गरी मनाइने उहाले बताए । कार्यक्रममा जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख करविर बहादुर कार्की, महाकाली नगरपालिकाका नगर प्रमुख हंसराज भट्ट, सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट सिआरडिएसका टिम लिडर अशोक ओझा लगायतको उपस्थिति रहेको थियो ।