![](https://siddatopikhabar.com/wp-content/uploads/2021/12/Nepali-sena.jpg)
दार्चुला, मंसिर १८ । नेपाली सेनाको जवान (सैन्य) पदका लागी दार्चुलाबाट ३ सय ७६ जनाले लिखित परिक्षा दिएका छन् । लोकसेवा आयोगको कार्यालय दिपायल डोटीले लिएको लिखित परिक्षामा दार्चुला जिल्लाबाट उक्त संख्याका आवेदकले सहभागिता जनाएको नेपाली सेनाको गुरु गोरख गुल्मका गुल्मपति कृष्णचन्द्र ठकुल्लाले जानकारी दिनुभयो । वियरिङ्ग, दौड, सिटअफ, पुसअफ, चिनअफ, प्रि–मेडिकलमा पास भएका ३ सय ७६ जनाले लिखित परिक्षा दिएको बताइएको छ ।
दार्चुलाको गुरु गोरख गुल्ममा ७५ जना सैन्यपदका लागी भर्ना खुलेको थियो ।
जम्मा ७५ जनाको माग रहेकोमा १ हजार १ सय १५ जनाले आवेदन दिएका थिए । आवेदन दिएका मध्ये ७ सय ३९ जना फिजिकलमा असफल ९फेल० भएका थिए । गुल्मले खुल्ला तर्फ ३९ जना, कर्तव्य पालनाको सिलसिलामा अशक्त÷ मृत्यु भएका नेपाली सैनिकका सन्तती तर्फ २, महिला तर्फ ७, आदीवासी जनजाती तर्फ ११, मधेशी तर्फ १०, दलित तर्फ ५ र पिछडिएको क्षेत्र तर्फबाट १ जना गरी जम्मा ७५ जनाको माग गरेको थियो । परिक्षामा ३ सय ४० जना पुरुष तथा ३६ जना महिलाले सहभागिता जनाएको गुल्मपति ठकुल्लाले बताउनुभयो । नेपाली सेनाको भर्ना छनौट निर्देशनालयले गत भदौ १८ गते देशभरीबाट ४ हजार सैन्य पदका लागी भर्ना खोलेको थियो । लिखित परिक्षाको नतिजा एक दुई हप्ता भित्रै प्रकाशित हुने जनाइएको छ । Dfm