दार्चुला मंसिर २० । दुहुँ गाउँपालिकाको कार्यपालिका बैठक सम्पन्न भएको छ । सोमवार गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले २ कार्यविधी पारित गरेको छ । आत्म निर्भर नारी दुहुँको चिनारी र दलित विपन्न आवास सहयोग कार्यक्रम संचालन कार्यविधि पारित गरेको अध्यक्ष कार्कीले जानकारी दिए ।

त्यस्तै कोभिड १९ वाट प्रभावित अति विपन्न परिवारलाई केन्द्र सरकारको नगद हस्तान्तरण कार्यक्रम अन्तर्गत गाउँपालिका भित्रका ५ वटै वडामा बाडफाड गर्ने निर्णय पारित गरिएको छ । केन्द्र सरकारको निर्देशिका अनुसार दुहुँ गाउँपालिकामा कोभिड १९ वाट प्रभावित अति विपन्न परिवार २ सय ३५ रहेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय