दार्चुला, मंसिर २२ । अपिहिमाल गाउँपालिका–४ स्थित झुँस्कु चौड खानेपानी तथा सरसफाई योजनाको पूर्ण सरसफाईयुक्त योजना क्षेत्र घोषणा गरिएको छ । अपिहिमाल गाउँपालिका र ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको आर्थिक सहयोग तथा झुँस्कु चौड खानेपानी तथा सरसफाई योजना उपभोक्ता समितिको आयोजनामा पूर्ण सरसफाईयुक्त योजना घोषणा गरिएको हो ।
‘पूर्ण सरसफाईयुक्त गाउँघर हाम्रो शान, व्यक्ति घरपरिवार र टोलटोलबासीको पहिँचान’ भन्ने मूल नाराका साथ झुस्कु चौड खानेपानी योजनालाई पूर्ण सरसफाईयुक्त घोषणा भएको छ । पूर्ण सरसफाईका ७ वटा सूचकहरु पूरा भएको पाइएपछि अपिहिमाल गाउँपालिका अध्यक्ष धर्मानन्द मन्याल र उपाध्यक्ष उर्मीला बोहराले झुस्कु चौड खानेपानी योजनापूर्ण सरसफाईयुक्त भएको घोषणा गर्नुभएको हो ।
पूर्ण सरसफाईको लागि सामुहिक योजना तर्जुमा तथा व्यवस्थापन, चर्पिको समुचित प्रयोग, व्यक्तिगत सरसफाई, सुरक्षित पानीमा पहुँच तथा प्रयोग भएको हुनुपर्ने उल्लेख गरिएको छ । यस्तै सुरक्षित खानाको प्रयोग, घरायसी एवं संस्थागत सरसफाई र वातावरणीय सरसफाई लगायतका सूचकहरु पूरा गरेको पाएपछि पूर्ण सरसफाईमुक्त योजना क्षेत्र घोषणा गरिएको हो ।
झँस्कु चौड खानेपानी उपभोक्ता समितिका अध्यक्ष तुङ्काध्वोज बोहराको अध्यक्षतामा भएको कार्यक्रममा भएको हो । यो योजना अन्तर्गत दुई गाउँका २७ घरधुरी पर्दछन् । अपिहिमाल गाउँपालिकामा ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाले खानेपानी तथा सरसफाई क्षेत्रमा कार्यक्रम गरेपछि यो योजना पहिलो पूर्ण सरसफाईयुक्त योजना भएको घोषणा गरिएको छ । सारथी खबर
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to siddatopikhabar
Made with ❤️ By Gorkhaly Labs