दार्चुला, दार्चुलामा जिप दुर्घटना भएको छ । जिल्ला सदरमुकाम खलंगाबाट मालिकार्जुन गाउँपालिका तर्फ गैरहेको म १ ज २३९ नम्वर को जिप शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाको सिमानामा पर्ने रनेवाँजमा दुर्घटना भएको हो । प्रारम्भिक जानकारी अनुसार जिप चालक धनसिह साउद सामान्य घाईते भएको बुझिएको छ । चालक साउँदका अनुसार जिपमा ४ जना सवार रहेका थिए । ४ जना मध्ये जिपमा अहिले सम्म पनि १ जना पनि सवार भेटिएका छैनन । उनको खोजी कार्य भैरहेको तथा घटना वारे थप जानकारी लिने काम भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय