काठमाडौं, पुस ८ । महान्यायाधीवक्ता खम्बबहादुर खातीले प्रधानन्यायाधीशबारे प्रश्न उठेको भन्दै निकास निकाल्न प्रधानमन्त्रीसमक्ष आग्रह गरेका छन्। महान्यायाधीवक्ता कार्यालयको ७१ औं वार्षिक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। महान्यायाधीवक्ताले पहिलो पटक सार्वजनिक कार्यक्रममा प्रधानन्यायाधीशको विषय उठान गरेका हुन्। उक्त कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित थिए।

कार्यक्रममा बोल्दै उनले भने, ‘सेवाग्राहीले न्याय नपाएको गुनासो बढिरहेको छ। प्रधानन्यायाधीशबारे कुरा उठेको छ, त्यसमा प्रधानमन्त्रीले विशेष चासो दिन म आग्रह गर्छु। स्वतन्त्र सक्षम उत्तरदायी न्यायालयको कुरा उठ्दा न्यायाधीशको अकाउन्टिविलिटीमा प्रश्न उठेको छ।’ उनले सर्वदलीय बैठक बसेर विपक्षी दलसँग कुरा गरेर निकास दिन समेत प्रधानमन्त्रीलाई आग्रह गरेका छन्। नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले पनि प्रधानन्यायाधीशबारे प्रधानमन्त्री लगायतलाई ध्यानाकर्षण गराएको बताएका छन्। स्वच्छ नैतिक चरित्र भएन भने गरिमा घट्दै जान र लोकन्तत्र खतरामा पर्ने उनले औंल्याए।

न्यायालय शुद्धीकरणको बारेका जहाँ न्यायपालिका स्वतन्त्र हुन्न त्यहाँ लोकतन्त्र छ भनेर विश्वमा कसैले मान्दैन। इमान्दार न्यायाधीशको शिर निहुरेको छ त्यस्तो गर्न दिएर स्वतन्त्र न्यायालय रहन्छरुु, उनले प्रश्न गरेका छन्। अहिलेको सर्वोच्चभित्र विसंगति, विचौलिया भ्रष्टाचार रोक्न न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदन लागु गर्नुपर्ने उनले माग गरेका छन्। तर प्रधानन्यायाधीशले गर्दा नै प्रतिवेदन लागु हुन नसकेको उनको भनाइ छ। सेतोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय