दार्चुला । नेपाल नागरिक उड्डयन प्राधिकरण क्यान ले दार्चुलाको गोकुलेश्वर विमानस्थल निर्माण तथा स्तरोउन्नती गर्नका लागि २ करोड ६५ लाख बजेट विनियोजन गरेको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको अध्यक्षतामा आइतबार बसेको क्यानको बैठकले गोकुलेश्वर विमानस्थल निर्माण तथा स्तरोउन्नती गर्नका लागि रु २ करोड ६५ लाख ४८ हजार बजेट विनियोजन गरेको छ ।

आज बसेको उक्त क्यानको बैठकले धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाउनका लागि १ अर्ब , डोटीको दिपायल विमानस्थललाई स्तरोउन्नती गर्न, २५० मिटर धावन मार्ग थप गर्ने ,टर्मिनल भवन बनाउन र जग्गा अधिग्रहण गर्नको लागि १८ करोड ६१ लाख, अछामको साँफेबगर विमानस्थलको स्तरोउन्नती गर्न ३ करोड, अछामकै कमल बजार विमानस्थल सुद्दढीकरण गर्न ३ करोड,कञ्चनपुरको महेन्द्रनगर विमानस्थल सुद्दढीकरण गर्न २ करोड ५१ लाख र दार्चुलाको गोकुलेश्वर विमानस्थल निर्माण तथा स्तरोउन्नती गर्नका लागि २ करोड ६५ लाखबजेट विनियोजन गरेको छ ।

यसैगरी बैतडीको पाटन विमानस्थल वहुवर्षीय आयोजना मार्फत निर्माण गर्न १ करोड ५० लाख, बझाङ विमानस्थलको लागि १२ लाख ९९ हजार, बाजुरा विमानस्थलको लागि १८ लाख ७६ हजार र डडेल्धुरा विमानस्थलको सम्भाव्यता अध्ययन गर्न ५० लाख बजेट विनियोजन गरेको छ ।

बजेट विनियोजनमा सुदूरपश्चिम सधैँ पछि परेको गुनासो आउने गरेकोले यस पटक सुदूरपश्चिम क्षेत्रका विमानस्थलको विकास तथा विस्तारको लागि बजेटको व्यवस्था गरेको मन्त्री प्रेम आलेले बताए । चौलानी खबर

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय