
दार्चुला । केदारनाथ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रवार जिल्ला सदरमुकाम खलंगाको भावना सभाहलमा एक औपचारीक कार्यक्रमका बिच सम्पन्न भएको हो । केदारनाथ बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संचालन समिति अध्यक्ष हरक सिह बडालको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि दुहुँ गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्की रहनु भएको थियो ।
दुहुँ गाउँपालिका उपाध्यक्ष ईश्वरी जोशी विशिष्ट अतिथि रहनु भएको कार्यक्रमको संचालन संस्थाका सचिव सुरेन्द्र बहादुर बम र स्वागत मन्तब्य संस्थाका प्रमुख शेयरधनी बिनोद सिह कुवरले राख्नु भएको थियो ।
२०६२ सालबाट संचालनमा आएको संस्थाले हाल सम्म उल्लेख्य कार्यप्रगति गरेको संस्थाका कार्यकारी प्रमुख धनराज जोशीले जानकारी दिए । हाल सम्म संस्थामा जम्मा शेयर सदस्य ३ हजार २ सय ७१ जना मध्ये महिला सदस्य २ हजार ३ सय ५०, पुरुष सदस्य ९ सय १५, र लघुबित्त तर्फ महिला सदस्य १ हजार ६ सय ७६ जना रहेको जानकारी दिए । संस्थाले ब्यापार, पशुपालन, कृषि, वैदेशिक रोजगार, उद्योगधन्दा संचालनका निमित्त ऋण दिईरहेको संस्थाका प्रवन्ध प्रमुख प्रेमबल्लव जोशीले जानकारी दिए ।
जिल्लाको ब्याँस गाउँपालिका, दुहुँ गाउँपालिका, महाकाली नगरपालिका, मालिकार्जुन गाउँपालिका र नौगाड गाउँपालिकामा संस्थाले कार्यक्षेत्र बनाएर काम गरिरहेको जोशीले वताए ।
१६ औ बार्षिक साधारणसभामा संचालक समितिको तर्फबाट अध्यक्ष हरक सिह बडालले संस्थाको प्रतिबेदन प्रस्तुत गरेका थिए । जस अनुसार संस्थाको हालसम्मको कुल बचत ७ करोड ५१ लाख ९२ हजार ४ सय ९७ रुपैया ५३ पैसा रहेको छ ।
त्यस्तै संस्थाको हाल सम्मको कुल चुक्ता शेयरपुजीको रकम १ करोड ५१ लाख ८७ हजार ३ सय रुपैयाँ रहेको छ । RMDC ८६ लाख ७६ हजार ४ सय ९५ रुपैया २९ पैसा, राष्ट्रिय सहकारी बैकवाट ११ करोड ६२ लाख ६१ ह्जार १ सय ८९ रुपैयाँ, जम्मा तिर्न बाकि ऋण २ करोड २९ लाख ३ हजार ६ सय ८४ रुपैया, संस्थाको नेपाल सरकारबाट पुजीगत अनुदान प्राप्त रमक १ लाख, संस्थाले संस्थाले ऋण लगानी गरेको रकम १० करोड ५२ लाख २८ हजार ५ सय ४० रुपैया, बैंक खातामा रहेको रमक १ करोड ५५ लाख ५८ हजार ६ सय १० रुपैया, नगद रहेको सस्था सँगको पुजी १ लाख १५ हजार ८५ रुपैया, शेयर खरिद गरेको रकम ७ लाख ७६ हजार ४ सय ७ रुपैया र संस्थाको कोषमा रहको मुनाफ रकम ८५ लाख १९ हजार ८ सय ८५ रुपैया ६६ पैसा रहेको जानकारी दिए । संस्थामा ५ महिला र ८ पुरुष गरी जम्मा १५ जना कर्मचारी रहेका छन । यो सस्थाको कार्यालय जिल्ला सदरमुकाम खलंगामा छ ।