
दार्चुला । केदारनाथ बचत तथा ऋण सहकारी संस्था लिमिटेडका कार्यकारी प्रमुख धनराज जोशी पुरुष्कृत हुन भएको छ । संस्थामा उत्कृष्ट कार्य गरेको भन्दै केदारनाथ बचत तथा ऋण सहकारी संस्था लिमिटेडले उनलाई पुरुष्कृत गरेको हो । शुक्रवार जिल्ला सदरमुकाम खलंगाको भावना सभाहलमा आयोजित संस्थाको १६ औँ बार्षिक साधारण सभामा जोशीलाई नगद २ हजार रुपैया सहित दोसल्ला ओडाएर सम्मान गरेको हो ।
त्यस्तै केन्द्र बैठ नियमित गरेको भन्दै ३ समुहलाई पनि सम्मान गरेको छ । सम्मानित हुनेमा भुलगाउँ केदारनाथ महिला केन्द्र दुहुँ, ५ मेलपाटा केदारनाथ महिला केन्द्र ब्याँस ४ सुन्सेरा र सुरकाडा केदारनाथ महिला केन्द्र महाकाली नगरपालिका ८ लाई कारपेट सहित दोसल्ला ओडाई सम्मान गरेको सस्थाका प्रबन्धक प्रेमबल्वल जोशीले जानकारी दिए । जिल्ला भरी ब्याँस गाउँपालिका, दुहुँ गाउँपालिका र महाकाली नगरपालिकामा १ सय १६ केन्द्रहरु रहेको समेत उनले जानकारी दिए । त्यस्तै २ जना उत्कृष्ट बचतकर्ता मनोरथ दत्त जोशी र ममता अवस्थीलाई नगद १ हजार सहित सम्मान गरिएको छ । सेयर सदस्यका छोरा छोरी एसईई परिक्षामा उत्कृष्ट अंक लिई पास हुनेहरुलाई पनि संस्थाले बार्षिक रुपमा सम्मान गर्दै आईरहेको छ । यो बर्ष कौशल अवस्थीलाई पुरुष्कृत गरेको छ । ३ दशमलव ९५ प्रतिशत जेपिए लिई एसईई पास भएका अवस्थीलाई नगद सहित सम्मान गरेको हो ।
त्यस्तै सोही कार्यक्रमलाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवम दुहुँ गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीले स्थानिय सरकार संचालन ऐन अनुसार स्थापना गर्ने, मर्ज गर्ने मात्रै अधिकार भएकाले अपेक्षाकृत बजेट सहकारी क्षेत्रमा राखेर काम गर्न नभ्याएको वताए ।
सहकारीहरु सँग कुशल समन्वय गरेर सबै स्थानिय तहका प्रमुखहरुले अगाडी बढ्नु पर्ने धारणा राखे ।
सहकारी क्षेत्रलाई प्रेरित गर्ने, उत्साह दिने नियम कानुन अनुसार चले नचलेको अनुगमन गर्ने काम गरिरहेको वताए । स्थानिय तहमा सहकारी गठन गरे योजना पाईने भन्दै त्यहि मनोविज्ञानका साथ सहकारी संचालकहरु आफुकहाँ आएको र बजेट ब्यवस्थापनको कुरा गरेको स्मरण गराए ।
त्यस्तै कार्यक्रमका बिशिष्ट अतिथि एवम दुहुँ गाउँपालिका उपाध्यक्ष ईश्वरी जोशीले आफ्नो गाउँपालिकामा जन्मिएको संस्थाले आज आएर उदाहरणीय कार्य गरेको भन्दै खुसी ब्यक्त गर्नु भयो । लघुत्तिका माध्यमवाट महिला हरुलाई आत्मनिर्भर वनाउने उदेश्यल काम गरिरहेको भन्दै संस्थाको प्रशंसा गर्नु भयो । निरन्तर रुपमा यसै गरि पुजी संकलन, ब्यवसायीक क्षेत्रमा लगानी गरी उत्पादनसिल कार्य गर्न गराउन अनुरोध गर्नु भयो ।
कार्यक्रममा संस्थाका संचालक शेयरधनी शेयर सदस्य, बचतकर्ता लगायत पत्रकारहरुको उपस्तिथि रहेको थियो ।