दार्चुला । नेपाल निजामती कर्मचारी युनियन दार्चुलाको ८ औं जिल्ला अधिवेशन उद्धघाटन समारोह सम्पन्न भएको छ । नेपाल निजामती कर्मचारी युनियन दार्चुलाका अध्यक्ष बिरेन्द्र सिह धामीको सभापतित्वमा गरिएको उद्धघाटन समारोहका प्रमुख अतिथि नेपाली कांग्रेस दार्चुलाका सभापति ललित सिह बोहरा रहनु भएको थियो ।
शनिवार वि.पि स्मृति प्रतिष्ठानको सभाहलमा सम्मपन्न कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख करवीर वहादुर कार्की, महाकाली नगरपालिकाका प्रमुख हंशराज भट्ट, दुहुँ गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्की, मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्र सिह धामी, प्रमुख जिल्ला अधिकारी शिद्धराज जोशी लगायत कांग्रेस नेता तथा निजामती कर्मचारीहरुको उपस्थिति रहको थियो । अहिले नयाँ नेतृत्वका लागि वन्दसत्र चलिरहेको वताईएको छ । सहमतिवाटै जिल्लाको नयाँ नेतृत्व चयन हुने निजामती कर्मचारीहरुले वताएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय