
दार्चुला : नेपाल निजामती कर्मचारी युनियन दार्चुलाको अध्यक्षमा पुनः बिरेन्द्र सिंह धामी चयन भएका छन् । शनिवार भएको ८ औं जिल्ला अधिवेशनले धामीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । यस्तै वरिष्ठ उपाध्यक्षमा कम्मान सिंह कुँवर, समावेशी उपाध्यक्षमा बल्देव सिंह कोट्टारी, महिला उपाध्यक्षमा भागा बडाल, सचिवमा राकेश ठगुन्ना, सह सचिवमा मोहन सिंह महरा, कोषाध्यक्षमा प्रयाग राज बडू सर्वसम्मत चयन भएका छन् ।
यस्तै सदस्यहरुमा बसन्त खत्री, तेज रावत, प्रकाश चन्द्र जोशी, भूपेन्द्र बडू चयन भएका छन् । भने प्रेम सिंह महरा, धर्मराज भट्ट केशव राज अवस्थी र बसन्ती अवस्थी भट्ट महाधिवेशन प्रतिनिधिमा चयन भएका छन् । शनिवार विपी स्मृति प्रतिष्ठानको सभाहलमा सुरु भएको नेपाल निजामती कर्मचारी युनियन दार्चुलाको (आठौं) जिल्ला अधिवेशन सर्वसम्मतले नेतृत्व चयन पछि सम्पन्न भएको छ ।