दार्चुला । महाकाली नगरपालिकाको आर्थिक सहयोगमा जेष्ठ नागरीक जिल्ला संघले न्याँनो ज्याकेट वितरण गरेको छ । जिल्ला संघमा आवद्ध ३१ जना जेष्ठ नागरीकहरुलाई संघले आईतवार एक औपचारीक कार्यक्रमको आयोजना गरि वितरण गरेको हो ।
संघका जिल्ला अध्यक्ष अन्तराम भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि महाकाली नगरपालिकाका प्रमुख हंसराज भट्ट रहनु भएको थियो भने विशिष्ट अतिथि नगर उपप्रमुख सुना वोहरा रहनु भएको थियो ।
कार्यक्रममा वृद्धहरुले आफुहरुलाई वसोवास गर्नको लागि वृद्धाश्रमको ब्यवस्था मिलाई दिन नगर प्रमुख भट्टलाई आग्रह गर्नु भएको थियो । वृद्धाश्रमको प्रसंगमा नगर प्रमुख भट्टले आफुले गाउँठाउँको संस्कार विग्रने भन्दै सो ब्यवस्थापन नगरेको धारणा राखे । वृद्धाश्रमको ब्यवस्था भए आफुलाई फुर्सद छैन भनी छोराहरुले आफ्ना आमा वुवाहरुलाई वृद्धाश्रममा ल्याएर छोडिदिने र आफ्नो संस्कार लाई विर्सिने हुन्न कि भन्ने सोचका कारण वृद्धाश्रमको निर्माण नगरेको वताए । नगरपालिकाले संघलाई १ लाख रुपैया आर्थिक सहयोग गरेको थियो ।
सोही रकममा न्याँनो ज्याकेट खरिद गरि वितरण गरेको संघले जनाएको छ । कार्यक्रममा वडा नम्वर ४ का वडा अध्यक्ष पुष्करराज जोशी, वडा नम्वर ३ का अध्यक्ष पदम सिह महरा वृद्धवुवा लगायत पत्रकारहरुको उपस्तिथि रहेको थियो ।