दार्चुला – शैल्यशिखर नगरपालिका /  ग्रामीण जलस्रोत ब्यवस्थापनय परियोजना तेस्रो चरणको आर्थिक सहयोगमा आ ब ०७७/०७८ मा सम्पन्न मौरीभिटा सोलार लिफ्टिङ खानेपानी तथा सरसफाई योजना शैल्यशिखर नगरपालिका ६ मौरीभिटामा ३ दिने योजना स्तरीय खानेपानी सुरक्षा, जलवायु अनुकूलन तथा जोखिम न्यूनीकरण तालिम सम्पन्न भएको छ ।

तालिममा प्राबिधिक सहजकर्ता बुद्धि पल्लब जोशी र जलश्रोत प्राबिधिक मोहन सिह धामीले सहजीकरण गर्नु भएको थियोे । पानी सुरक्षा,जलबायु अनुकूलन तथा जोखिम न्यूनीकरण तालीम खानेपानी योजनामा रहेका संरचनाहरुको स्थलगत अनुगमन गरि जोखिम विश्लेषण तथा कार्य योजना तयार गरि सम्पन्न गरिएको प्राबिधिक सहजकर्ता बुद्धि पल्लब जोशीले बताउनु भयो ।

तालिम पौष २७ गते देखि २९ गते सम्म ग्रामीण जलस्रोत ब्यवस्थापन परियोजनाको आर्थिक सहयोगमा संचालन गरिएको थियो। उक्त तालिममा उपभोक्ता समिति पदाधिकारी तथा पानी सुरक्षा टोली सहित जम्मा १५ जना को सहभागिता रहेको थियो ।

मौरीभिटा सोलार लिफ्टिङ खानेपानी तथा सरसफाई योजना बाट ९२ घरधुरी तथा ५७३ जनसंख्या लाभान्वित भएको सहजकर्ता जोशीले बताउनुभयो । मालिकार्जुन खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय