बैतडी २९ पुष । बैतडीको पाटनमा एक युवकको शव फेला परेको छ । युवकको शव सडेको अवस्थामा आज फेला परेको र शवको केही भाग स्यालले खाएको अवस्थामा रहेको प्रहरी निरीक्षक शाहीले बताउनुभयो ।
पाटन नगरपालिका वडा नं. ६ हिरापुर नजिक सडकभन्दा करीब ५० मिटर तल अन्दाजी २६ बर्षीय युवकको शव फेला परेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताउनुभायो ।
मृतकको शवसङ्गै दशरथचन्द नगरपालिका १ ठेगाना भई सुरत भुल नामको नागरिकता फेला परेको छ । शव चिनिने अवस्थामा नरहेकाले नागरिकता मृतककै हो कि अरुको हो भन्ने यकिन भईनसकेको प्रहरीले जनाएको छ ।
शव कसको हो भन्ने बिषयमा अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।