दार्चुला। कानुन न्याय तथा संसदिय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुले दुहु को बाढि प्रभावित क्षेत्र को स्थलगत अवलोकन गर्नु भएको छ । बिहीवार दुहु पुग्नु भएका कानुन मन्त्री बडुले बडा नम्बर २ को अति प्रभावित क्षेत्र नरोली र वडा नम्बर ५ बत्थोली को स्थलगत अवलोकन गरि पीडितहरु लाई सरकारले तत्काल ब्यवस्थापन गर्न लागेको जानकारी दिए ।
सरकारले बस्ती स्थानान्तरण र पुन निर्माणको लागि मन्त्रीपरिषदमा निर्णय गरिसकेको भन्दै तुरुन्तै बजेट ब्यवस्थापन गरि निर्माण कार्य हुने बताए ।
भु गर्व बिदहरुले पनि बस्ति बस्न लाएको छैन भनी सरकार लाई जानकारी गराइसकेको भन्दै सरकारले त्यसै अनुरुप काम गरिरहेको बताए ।
जमिन अन्य कुनै ठाउँ नभएको पीडित परिवार लाई ३ लाख घडेरी किन्न र ५लाख घर निर्माण गर्न दिने भन्दै ढुक्क हुन आग्रह गरे ।
त्यस्तै जमिन भएका बाढी पहिरो पीडित लाई पुन घर निमार्ण को लागि ५ लाख दिने जानकारी गराए । दुहु गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीले आफुलाइ स्थलगत भिडियो र फोटाहरु राजधानी काठमाडौ पुगेर देखाएको र त्यही अनुसार आफुले काम गर्दा गर्दै पीडितकहाँ पुग्न ढिलो भएको बताए ।यो आर्थिक बर्ष भित्र सबै पीडितहरु को समस्या समाधान हुने बताए ।
गत भाद्र १३ गते रातीको अविरल वर्षा संगै आएको बिनासकारी बाढी र पहिरोले दुहुमा करोडौं को क्षेती गरेको थियो । करोडौंका सार्बजनिक सम्पदाहरु ब्यक्तिगत सम्पत्ति र ५ जना को मृत्यु समेत भएको थियो ।
त्यस्तै बाढि प्रभावित क्षेत्रको अवलोकन पश्चात् धारीमा कार्यकर्ता भेटघाट कार्यक्रम सप्पन्न भएको छ । कार्यक्रममा नेकपा एमाले र माओवादी केन्द्रबाट करिब ५ दर्जन बढी कार्यक्रताले नेपाली काङ्ग्रेस पाटी प्रवेश गरेका छन ।
त्यस लगत्तै जिल्ला सदरमुकाम खलंगामा प्रेस युनियन दार्चुलाले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री बडु सहभागी भएका हुन ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to siddatopikhabar
Made with ❤️ By Gorkhaly Labs