अंकित कुँवर बैतडी, ७ माघ । बैतडीको सुर्नया गाउँपालिका ६ का डम्मर अवस्थी हत्या प्रकरण अन्तरगत प्रहरीले रमाकान्त अवस्थीलाई बोलाएर सोधपछ शुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले सौगात खबरलाई जानकारी दिनुभयो ।

 

माकान्त अवस्थीलाई बोलाएर सोधपछ शुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताउनुभयो । प खड्काले भने ‘घटनाका बिषयमा एकजनालाई सोधपुछका लागि बोलाएका छौं । उनीमाथि सोधपुछ हुँदैछ ।’हत्या गरिएको ठाउँबाट डम्मरले लगाएको जुत्ता र ब्याट्री प्रहरीले फेला पारेको छ । घटनाका बिषयमा अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक खड्काले बताउनुभयो ।

 

यसअघि डम्मरको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका हरिश अवस्थी र नवराज अवस्थीले हत्यामा संलग्न रहेको स्वीकार गरिसकेका छन् । उनीहरुमाथि अदालतबाट दोश्रो पटक म्याद थपेर अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक खड्काले बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय