अंकित कुँवर  ८ माघ । दार्चुलाको गोकुलेश्वर प्रहरीले सामाजिक अपराध न्युनिकरणमा सक्रियता बढाउदै गएको छ । गोकुलेश्वर प्रहरीले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरर्गत शैल्यशिखर नगरापालिकाको बगौरा र ग्वानीमा जनचेतना मुलक सन्देश झल्काउने होडिङ बोर्ड राखेको छ ।

इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी सहायक निरिक्षक टेक बहादुर कुँवरको कमाण्डमा खटिएको प्रहरी टोली र स्थानियहरुको सहभागितामा शैल्यशिखर नगरपालिका —५ बगौरा र वडा नम्बर ६ ग्वानीमा दार्चुला—गोकुलेश्वर सडक खण्डको किनारमा ‘शान्तिपुर्ण एंव सुरक्षित समाजका लागि १८ बर्ष उमेर नपुगेका बालिकालाई कसैले प्रेम प्रस्ताव वा बिवाहको प्रस्ताव राखेमा तत्काल यसको बिरोध गरि अभिभावकलाई जानकारी गराउने र आत्महत्या सामाधान होईन बरु आत्महत्याले सम्भावित राम्रा अवसरहरुबाट बञ्चित गर्दछ लगायतका जनचेतनामुलक सन्देश झल्काउने होडिङ बोर्ड राखेको प्रहरी सहायक निरिक्षक कुँवरले सिद्धटोपी खबरलाई बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय