अंकित कुँवर बैतडी, ८ माघ । जिल्ला प्रशासन कार्यालय बैतडीले कोरोना रोकथाम तथा नियन्तरणका लागि प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डे द्वारा हस्ताक्षरित ११ बुदे आदेश जारी भएको सिद्धटोपी खबरलाई बताउनुभयो ।

संक्रमण फैलन नदिन अर्को सूचना जारी नभएसम्मको लागि आदेश जारी गरिएको सुचना अधिकारी खगेन्द्र भारतीले बताउनुभयो । जिल्ला कोभिड व्यवस्थापन केन्द्र डिसिसिएमसी को निर्णय अनुसार जिल्लाभित्रका सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न कोभिड विरुद्धको खोप कार्ड अनिवार्य लगायतका ११ बुँदे आदेश जारी गरिएको हो ।

कोभिड १९ संक्रमण फैलन नदिन धार्मिक वा सांस्कृतिक ठाउँहरुमा २५ जना मात्रै उपस्थित हुन पाउने तथा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी कार्यक्रम सञ्चालन गर्न आदेशमा भनिएको छ । सार्वजनिक यातायातको हकमा सिट क्षमताभन्दा बढी नराख्ने, चालक र सहचालकले अनिवार्य मास्क र फेस सिल्ड लगाउनु पर्ने ,यात्रुले अनिवार्य मास्क लगाउनु पर्ने लगायतका ११ ओटा निर्णय गरिएको जनाएको छ ।

आदेशको अवज्ञा गरिएको पाइएमा संक्रामक रोग ऐन २०२० र प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय