अंकित कुँवर बैतडी, ९ माघ । बैतडीको पाटन नगरपालिकामा अक्सफाम नेपालको सहयोगमा रुडेस बैतडीले सञ्चालन गरेको ग्रीन परियोजना अन्तर्गत जनप्रतिनिधिहरुसंग सामाजिक सुरक्षा नीति र कार्यक्रमका बिषयमा छलफल भएको छ ।

नगर क्षेत्रबाट रोजगारीका लागि भारत जाने आप्रवासी कामदारहरुको जीवनबीमा गर्ने बिषयमा पनि छलफल भएको छ । उनीहरुको तथ्यांक संकलन गरेर जीवन बीमा गर्ने बिषयमा छलफल भएको रुडेस बैतडीका कार्यक्रम संयोजक गोपाल भाटले बताए ।

सामाजिक सुरक्षा कार्यक्रममा भारतमा काम गर्ने आप्रवासी कामदारहरुलाई कसरी समेट्ने भन्ने बिषयमा पनि छलफल भएको रुडेस बैतडीका कार्यकारी निर्देशक गोविन्दराज जोशीले बताए । सामाजिक सुरक्षा नीति र कार्यक्रमलाई प्रभावकारी बनाउन र स्थानीयस्तरमा थप कार्यक्रम लागु गर्न नगर प्रवक्ता लोकबहादुर भण्डारीको संयोजकत्वमा एक समिति समेत बनेको छ । समितिले सामाजिक सुरक्षा नीति र कार्यक्रमलाई स्थानीयस्तरमा प्रभावकारी बनाउन र थप नीति बनाउनका लागि पहल भैरहेकोे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय