दार्चुला : सदरमुकाम खलंगाको खानेपानी सडक निर्माणका क्रममा ढुङ्गा खस्दा पाइप फुटेर अवरुद्घ भएको छ ।
महाकाली नगरपालिका-३ मालबेला क्षेत्रमा सडक निर्माणका क्रममा खानेपानी अवरुद्ध भएको हो । करिव हप्ता दिनदेखि सदरमुकाम खलंगा आउने खानेपानी सडक निर्माणका क्रममा ढुङ्गा खस्दा पाइप फुटेर अवरुद्घ भएको स्थानीयले बताए । खलंगाका धाराहरुमा पानी आउन छाडेको हप्ता दिन भईसकेको छ । पानीको हाहाकार भएपछि उपभोक्तालाई सास्ती भएको छ । मालबेला क्षेत्रमा अवरुद्ध भएको खानेपानी मर्मतको काम भईरहेको खलंगा खानेपानी तथा ढल उपभोक्ता समितिका अध्यक्ष जयदेव जोशीले बताए । “हामी तीन दिन देखि निरन्तर खानेपानी मर्मतमा लागि रहेका छौ, भीरमा काम गर्नु परेकाले अप्ठ्यारो भईरहेको छ ।” उनले भने । उक्त खानेपानी मर्मत कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना खटिएको छ । मर्मतको काम चलिरहेकाले  आजै साझसम्म धारामा पानी आउने जनाइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय