दार्चुला : सशस्त्र प्रहरी बलको २१ औं स्थापना दिवसको अवसर पारी विविध कार्यक्रम गरिएको छ । स्थापना दिवसको अवसरमा बिहान सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाले सरसफाई गरेको छ । गणपति त्रिभुवन विष्टका अनुसार बिहानै महाकाली नगरपालिका–४ स्थित मालिकार्जुन मन्दिर परिषरमा सरसफाइ गरिएको तथा महाकाली नगरपालिका–५ गल्फैस्थित महेन्द्र नमुना माविको छात्रवासलाई खाद्यान्न सहयोग गरिएको छ । खाद्यान्नमा चामल, नून, तेल, पिठो लगायत उपभोग्य सबै सामान रहेको छ ।
कोरोना संक्रमणका बेला जमघट गरेर कार्यक्रम गर्ने वातावरण नभएकाले दिवसका अवसरमा सानो सामाजिक कार्य गरेको सशस्त्र प्रहरी उपरीक्षक त्रिभुवन विष्टले बताए । सशस्त्र प्रहरीले छात्रवासमा रहेका “विद्यालय आश्रित“ बालबालिकाको सहजताका लागि खाद्यान्न वितरण गरेको जनाएको छ । dfm