अंकित कुँवर बैतडी, १० माघ । सानिमा लाईफ इन्स्युरेन्स कम्पनी डडेल्धुरा साखाले बैतडीको सिगास गउँपालिका १ की कमला बिष्टलाई ७ लाख ३ सय ५० रुपैया मृत्युदाबी भुक्तानी प्रदान गरेको छ । बिष्टको घरमै गएर मृत्युदाबी भुक्तानी गरिएको मृतकका आफन्तले सिद्धटोपी खबरलाई बताउनुभयो ।

मृतक बिष्टका श्रीमान स्वर्गीय लोकेन्द्र बिष्टले २०७८ साउन ४ गते ६ लाख ९० हजार बिमाङ्कको बिमा गर्नुभएको थियो । बिमा गरेको ३ महिनामै उँहाको मृत्यु भएको हो । स्वर्गीय लोक बिष्टले पहिलो किस्ताबाफत ३८ हजार ९ सय ४२ रुपैया मात्र जम्मा गर्नु भएको थियो ।

बिष्टको घरमै गएर गरिएका दाबी भुक्तानी कार्यक्रमममा सानिमा लाईफ इन्स्युरेन्स कम्पनी डडेल्धुरा साखाका प्रमुख दिजयराज चटौत, सिनियर एजेन्सी म्यानेजर गोपी सिह साउँद, सिगास गाउँपालिका वडा नं १ का वडा सदस्य दान बहादुर ऐरी, ब्यापारी, लगायत स्थानियहरुको उपस्थिति थियो । उक्त कार्यक्रममा कमला बिष्टलाई ७ लाख ३ सय ५० रुपैया मृत्यु दाबी भुक्तानी प्रदान गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय