अंकित कुँवर बैतडी, १० माघ ।  कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि घरेलु तथा साना उद्योग कार्यालयले पनि आलोपालो सेवा दिन शुरु गरेको छ । स्थानीय तहका नागरिकलाई बार अनुसार सेवा दिन शुरु गरिएको कार्यालयले प्रकाशन गरेको सूचनामा उल्लेख गरिएको छ । आजदेखि पालिकाका नागरिकलाई बार अनुसार सेवा दिन शुरु गरिएको कार्यालयका प्रमुख अम्बादत्त जोशीले बताउनुभयो ।

कार्यालयमा सेवा लिन पुग्ने नागरिकले अनिवार्य रुपमा स्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने, कोभीड विरुद्धको खोप लगाएको कार्ड साथमा राख्नुपर्ने उहाँले बताउनुभयो । घरेलु तथा साना उद्योग कार्यालयले आइतबार शिवनाथ र पञ्चेश्वर गाउँपालिकाका नागरिकलाई सेवा दिनेछ भने सोमबार मेलौली नगरपालिका र सिगास गाउँपालिकाका नागरिकलाई सेवा दिईनेछ ।

यस्तै मंगलबार दोगडाकेदार र डिलाशैनी गाउँपालिकाका नागरिकलाई सेवा दिइनेछ भने बुधबार पुर्चौंडी नगरपालिका र सुर्नया गाउँपालिकाका नागरिकलाई सेवा दिइने छ ।

यसैबिच बिहीबार पाटन नगरपालिका र शुक्रबार दशरथचन्द नगरपालिकाका नागरिकलाई सेवा दिइने घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय