पुष्कर राज जोशी, नेपालगन्ज । बिगत ६/७ बर्ष देखि धेरै पर्यटकको ध्यान तान्न सफल Aviation Museum धनगढी लाई नेपालगन्ज सारिएको छ । केही गरेर आफ्नो ठाउँ संसारभर चिनाउने मुख्य उदेश्य राखेर क्याप्टेन बेद उप्रेतिको निजि लगानी र बेद उप्रेती ट्रस्ट को सहयोगमा स्थापित Aviation Museum हेर्न धेरै आन्तरिक पर्यटकहरुको घुइँचो लाग्ने भएतापनि धनगढी उपमहानगर संगको करार सम्झौता सकिएको र नेपालगन्ज उपमहानगरपालिकाले विशेष चासो राखेकोले नेपालगन्जमा स्थानान्तरण गरिएको क्याप्टेन उप्रेतिले जानकारी दिनुभएको छ। नाफा कमाउनु भन्दा नि स साना बालबालिका र बिद्यार्थी हरुलाइ Aviation field मा आकर्षण गर्न उक्त संग्रहालयले विशेष उदेश्य रहेको पनि जानकारी दिनुभएको छ ।त्यसै गरि हवाइईतिहास बारे जानकारी गराउन, बिद्यार्थी हरुका लागि प्रेरणा र प्रोत्साहनको केन्द्र बनाउनु पनि उक्त संग्राहलय को मुख्य उदेश्य रहेको जान्कारी गराउनु भएको छ ।
उक्त म्युजियम भित्र २५० भन्दा बढी miniature जहाजहरु, हवाइ इतिहासको इतिहास, नेपाली आकाशमा उडेका जहाजहरुको ईतिहास हेर्न पाइनु का साथै उक्त म्युजियम को मुख्य आकर्षण क्याप्टेन उप्रेती स्वयंले खिचेका विभिन्न रमणीय स्थान का तस्बिर हरु विभिन्न देश का प्रयटक गन्तब्य हरु को जान्कारी गराउनु पनि रहेको जानकरी दिइएको छ ।त्यसैगरी विमान भित्र कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपस्चिम प्रदेश्का विभिन्न धार्मिक तथा पर्यटक स्थलको जानकारी मुलक तस्बिर हरु पनि राखिएको छ ।
माघ १ गते उत्घाटन भएको संग्राहलय प्रत्येक दिन बिहान १० बजे देखि सांझ ५ बजे सम्म खुल्ला रहने र बिद्यार्थी र अपांग असहाय लै विशेष छुट रहेको जान्कारी पनि गराइएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to siddatopikhabar
Made with ❤️ By Gorkhaly Labs