काठमाडौ । कर्मचारी समायोजन तथा भर्नाम्बन्धीमा परेका दुई दर्जन मुद्दाको बहस सकिएको सर्वाेच्च अदालत प्रशासनले जनाएको छ । गत २९ पुसदेखि निरन्तर बहस चल्दै आएको मुद्धाको आज बहस सकिए पनि सर्वाेच्चको वेव साइडमा भने हेर्दाहर्दैमा राखिएको हो ।
यस अघि पहिलो पटक पुस २९ गते सुनुवाई नसकिए पछि हेर्दा हेर्दैमा राखिएको सो मुद्धामा ५ माघमा सुनुवाई भएको थियो । सो दिन पनि सुनुवाई नसकिएपछि हेर्दा हेर्दामै राखेर गत बिहिबार पनि सुनुवाई भएको थियो । शुक्रवार समेत पेशीमा चढेर सुनुवाई भएको सो मुद्धा आइतबार भने देशभरका अदालत बन्द भएका कारण सुनुवाई हुन सकेन । हिजो पनि सो मुद्धामा बहस भएको थियो र निजामती कर्मचारी भर्नाका सम्बन्धमा परेका ३२ निवेदनमध्ये २४ वटामा मंगलबार बहस टुंगिएको सर्वाेच्च अदालत प्रशासनले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय