बैतडी १३ माघ । बैतडीको जनसंख्या घटेको छ । २०६८ सालको जनगणना अनुसार बैतडीको जनसंख्या २ लाख ५० हजार ८९८ रहेकोमा १० बर्षमा घटेर २ लाख ४४ हजार ४ सय पुगेको छ । तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको जनगणनाको प्रारम्भिक विवरण अनुसार बैतडीको जनसंख्या घटेको पाइएको हो ।

यसरी हेर्दा बैतडीमा बार्षिक ह्रासदर –०.२५ प्रतिशत रहेको छ । बैतडीमा १० बर्षमा ६ हजार ४९८ जना घटेको तथ्यांक रहेको छ ।

तथ्यांक विभागका अनुसार जिल्लाको सबैभन्दा बढी जनसंख्या पुर्चौंडी नगरपालिकामा रहेको छ । त्यहाँको जनसंख्या १९ हजार ९६५ रहेको छ । यस्तै दशरथचन्द नगरपालिकाको जनसंख्या १६ हजार ७३३, पाटनको जनसंख्या १४ हजार ९४५ र मेलौलीको जनसंख्या ११ हजार २६५ रहेको छ ।

यस्तै दोगडाकेदार गाउँपालिकाको जनसंख्या १२ हजार ७६५, सिगास गाउँपालिकाको जनसंख्या १२ हजार ३२६, डिलाशैनी गाउँपालिकाको जनसंख्या ११ हजार ८८६, शिवनाथ गाउँपालिकाको जनसंख्या ९ हजार ७५८, सुर्नया गाउँपालिकाको जनसंख्या ९ हजार ६८१ र पञ्चेश्वर गाउँपालिकाको जनसंख्या ९ हजार ६५० रहेको छ । बसाईसराई लगायतका कारणले जिल्लाको जनसंख्या घटेको हुन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय