
दार्चुला । शुक्रवार दिउँसो नुहाउने क्रममा महाकाली नदिमा डुबेका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ । जिल्लाको ब्याँस गाउँपालिका–४ सुन्सेरा घर भएका २१ वर्षिय शुवास कुवरलाई महाकाली नदिबाट जिवितै उद्धार गरेको भए पनि जिल्ला अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
‘महाकाली नदिमा नुहाउने क्रममा डुबेका युवकको जिवितै उद्धार गरी जिल्ला अस्पताल लगिएको थियो ।
अस्पतालले दिउसो २ बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी माधव विश्वकर्माले वताए ।
खलंगामा डेरा गरी बस्दै आएका ति युवक महाकाली नगरपालिका–४ बंगाबगर नजिक महाकाली नदिमा नुहाउने क्रममा डुबेको बताइएको छ ।
नुहाउने क्रममा डुबेका युवकलाई स्थानिय, नेपाल प्रहरी र सशस्त्र प्रहरीले जिवितै उद्धार गरी उपचारका लागी अस्पताल लगिएको थियो । मृत्यु पछि युवकको शव पोष्टमार्टमका लागी अस्पतालको शवगृहमा राखिएको प्रहरीले जनाएको छ ।