दार्चुला । धारीपाटा माध्यामिक विद्यालय धारीको नव निर्मित भवनमा विद्यालय ब्यवस्थापन समितिलाई लाखौ रुपैयाँ घाटा भएको छ । शिक्षा विकास तथा समन्वय इकाईवाट प्राप्त ४२ लाखमा नव निर्मति २ तले ४ कोठे भवनमा लाखौ रुपैयाँ घाटा गएको भन्दै विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष धन बहादुर कुवर घर जग्गा धितो राखि कर्जा तिर्ने तरखरमा रहनु भएको छ ।
भवनमा काम गर्ने बेला स्थानिय श्रमिकहरु धेरै आएको र काम नहुदापनि हाजिरी लगाएका कारण समिति घाटामा गएको अध्यक्ष कुवरले सिद्धटोपी अन्लाईन खबरलाई भने ।
श्रमिकहरुले काममा ढिला सुस्ति गरेका कारण समितिलाई लाखौ रुपैया घाटा भएको वताईएको छ । सुरुमा श्रम गर्न आउने श्रमिकहरुलाई हिसाव किताव पारदर्शि रुपमा देखाउने र जति परेपनि त्यसैमा चित्त वुझाउनु पर्ने सहमितमा सबै आउने जति श्रमिकहरुलाई काममा लगाएको कुवरले वताए । तर अहिले सवै हिसाव किताव गर्दा वचेको रकमले २४ सय श्रमिक र ५ सय दक्ष श्रमिकको हिसाव किताव गर्दा प्रति दिनको १ सय २४ रुपैया पर्न आएकोमा आफैलाई दुख लागेको वताए ।
अहिले कुवरले जग्गा बैंकमा धितो राखि श्रमिकहरुको चित्त वुझ्दो तरिकावाट ज्याँला दिने वन्दोवस्तो मिलाई रहनु भएको छ । यता श्रमिकहरुले विद्यालय ब्यवस्थापन समितिलाई श्रमशोषण गरेको आरोप लगाउँदै आएका छन ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to siddatopikhabar
Made with ❤️ By Gorkhaly Labs