बैतडी १६ माघ । शहीद दशरथ चन्दको सालिकमा माल्यापर्ण गरेर नागरीक समाजका अगुवाहरुले शहीद दिवस मनाएका छन् । नागरीक समाज, खलिल नेपाल महिला संघ, महिला संघ, दलित संघ, महलिा मानव अधिकार रक्षक सञ्जालका प्रमुख एवम प्रतिनिधिहरुको सहभागितामा सास्कृतीक कार्यक्रम सहित जिल्ला प्रसासन कार्यालय अगाडीमा निर्माण गरिएको सालिकमा श्रद्धाञ्जली कार्यक्रम सहित माल्यार्पण गरि शहीद दिवस मनाइएको हो ।

नागरीक अभियान्ता करन दयालको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा, अखिल नेपाल महिला संघको केन्द्रिय सदस्य सरस्वती नेपाली, दलित संका अध्यक्ष रमेश कोली, महलिा संघकी देवु ठगुन्ना लगायत बिभिन्न संघ सस्थाका प्रमुख एवम प्रतिनिधिहरुको सहभागितामा कार्याक्रम सम्पन्न भएको अखिल नेपाल महिला संघको केन्द्रिय सदस्य नेपालीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय