दार्चुला । जिल्लाको दुहुँ गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजकले वडा कार्यालय बाट पठाएका फारम ईन्ट्रीमा लापर्वाही गरेको स्थानियले गुनासो गरेका छन ।
वडा कार्यालयमा सेवाग्राहीहरुले भरेका सबै फारमहरु रोजगार संयोजक कहाँ जाने र त्यहाँ प्रधानमन्त्री रोजगार कार्यक्रमको सप्टोयरमा ईन्ट्री गरी छनोट हुने गर्दछन ।
यो बिषयमा प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजक करन बडालले ईन्ट्री गर्दा गर्दै सप्टोयर बन्द भएको वताएका छन । संयोजक ईन्ट्री गर्नेवेला घरविदामा महेन्द्र नगर घुम्न गएको स्थानिय सेवाग्राहीहरुले आरोप लगाएको भएपनि संयोजकले भने बिदामा पारिवारिक भेटघाटमा गएको प्रतिक्रिया दिएका छन ।
सेवाग्राहीहरु आफ्नो फारम संयोजक कहाँ किन ईन्ट्री भएन भनी सोधपुछ गर्दा उल्टै वडा कार्यालयवाट आफुकहाँ नआएको झुट प्रतिक्रिया दिईरहेको दुहुँ गाउँपालिका प्रवक्ता एवम वडा नम्वर २ का वडा अध्यक्ष गोविन्द सिह डडालले जानकारी दिए ।
वडावाट आफुहरुले बेलैमा चलानी समेत गरेर प्रधानमन्त्री रोजगार सेवा केन्द्रमा पठाएको वडामा चलानी नम्वर हुँदा हुँदै रोजगार संयोजक वडालले वडालाई नै दोष लगाउनु आफैमा हाँस्यास्पद रहेको वताए ।
वडा नम्वर २ र ५ वाट समय सकिनुभन्दा २ दिन अगाडि रोजगार सेवा केन्द्रमा फारम आएका कारण ईन्ट्रीमा केही फारमहरु छुटेको संयोजक स्वयमले स्विकार गर्नु भएको छ ।
समय सकिनु २ दिन अगाडि मात्रै फारमहरु आएको भन्दै राति १२ वजे सम्म पनि नसुती काम गर्दा गर्दै केहि फारम छुट्न गएको जानकारी दिए । छुट्टाउने नियत नभई वडाकार्यालय वाटै ढिलो गरी आएका कारण समय अभावले केहि फारम अवश्यपनि छुटेको र पछि म्याद थप हुँदा आफु काम विशेषले महेन्द्रनगर भएका कारण रोजगार सहायकले सवै फारम पुन पनि ईन्ट्री गर्न नसकेको वताए ।
सुरुमा १ सय ५० जति फारम ईन्ट्री गर्न छुटेको वताउँदै पछि पुन म्याद थपिदा ५० प्रतिशत ईन्ट्री गर्न सकिएको र वाकि ५० प्रतिशत छुटेको स्विकार गरेका छन । यो बिषयमा दुहुँ गाउँपालिकाले गाउँकार्य पालिकाको बैठकमा संयोजक बडाललाई वोलाएर समेत स्पष्टिकरण सोधेको प्रवक्ता गोविन्द डडालले जानकारी दिए ।
जवाफमा संयोजक बडालले समय अभावका कारण माथिवाटै सप्टोयर वन्द भएको र ईन्ट्री गर्न छुटेको भन्ने प्रतिक्रिया दिएका थिए ।
यस बर्ष दुहुँको वडा नम्वर १ वाट ४ सय ४ जना, २ नम्वर वडाबाट ४ सय ५३ जना, ३ नम्वर वाट ३ सय ६ जना, ४ नम्वर वडाबाट १ सय १३ जना र ५ नम्वर वडावाट ३ सय १८ जनाको फारम ईन्ट्री भएको थियो। जसमध्ये दुहुँ गाउँपालिका वडा नम्वर २ मा ४ सय ७० जनाले वडा कार्यालयमा फारम भरेको भएपनि ईन्ट्री भने ४ सय ५३ जनाको मात्रै भएको स्पष्ट रहेको वडा कार्यालयले जनाएको छ ।