अंकित कुँवर बैतडी, १७ माघ ।  बैतडीको पाटन ८ खोडपेमा खानेपानी मोटर सञ्चालाको लागि जडान गरिएको बिद्युत लाईनको ट्रान्सफर्मर बिग्रिएपछि खानेपानी अबरुद्ध भएको छ । शनिबार ट्रान्सफर्मरमा समस्या आएपछि खानेपानी सञ्चालन नभएको खानेपानी उपभोक्ता समिति तथा बजार ब्यवस्थापन समितिका अध्यक्ष हरिश बिष्टले सिद्धटोपी खबरलाई जानकारी दिनुभयो ।

ट्रान्सफर्मरमा खराबी आएपछि बिद्युत बितरण केन्द्रले चासो नदेखाएको उपभोक्ता समितिको भनाई छ । बिदुत बितरण केन्द्रले उपभोक्ता समितिले नै मर्मत गर्नुपर्ने बताउने गरेको उपभोक्ता समितिका एक सदस्यले बताए । खानेपानी सञ्चालनमा हुने बिद्युत खपतको महसुल तिर्ने गरेको भएपनि बिग्रिएको समयमा मर्मतको जिम्मा नलिने गरेका कारण समस्या हुने गरेको छ । समितिकै खर्चमा धनगढीबाट प्राबिधिक बोलाएर मर्मतको तयारी भइरहेको खोडपे खानेपानी उपभोक्ता समितिले जनाएको छ ।

समितिले नै खरिद गरेको ट्रान्समिटर भएको हुनाले बिद्युत बितरण केन्द्रले र्ममतसम्भारको जिम्मा नलिने बिद्युत बितरण केन्द्र पाटनका प्रमुख पुस्पराज भट्टले जानकारी दिनुभयो ।
खानेपानी घरघरमा नपुग्दा टाढा टाढा बाट पानी बोक्नुपर्ने भएकाले उपभोक्ता मारमा पर्नुका साथै जनप्रतिनिधिले समेत खानेपानी मर्मतमा चाँसो नदिदा उपभोक्ताहरुले दुःख ब्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय