दार्चुला । दुहुगाउँपालिकको प्रधानमन्त्री रोजगार सेवा केन्द्रको वारेमा सिद्धटोपी अनलाईन खबरले प्रकाशित गरेको समाचारका बारेमा नेपाल प्रेस युनियन जिल्ला शाखा दार्चुलाको ध्यानाकर्षण भएको जनाएको छ ।

माघ १७ गतेका दिन सिद्धटोपी अनलाईन खबरमा प्रकाशित “दुहुँमा रोजगार संयोजकको लापर्वाही, वडाबाट पठाएका फारम नै ईन्ट्री भएनन” भन्ने नामक समाचारको प्रतिशोधमा दुहुँ गाउँपालिकामा कार्यरत प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजकले उक्त समाचारको बारेमा सामाजिक संजालमा मिडिया क्षेत्र र पत्रकारीता क्षेत्रको अपमान हुने गरि अपशब्द र तथानाम गालि गलौच गरी फेसबुक र चेन्ज नेपाल नामक युट्युव निज व्यक्ति आफैले अडियो भिडियो रेकर्ड गरी प्रकाशित गरिएको बारे नेपाल प्रेस युनियन जिल्ला शाखा दार्चुलाको ध्यानाकर्षण भएको जनाएको छ ।

समाचारमा विमति भए कानुनी उपचार खोज्नुको साटो विभिन्न व्यक्ति र सामाजिक सञ्जाल प्रयोग गरि पत्रकारिता क्षेत्रकै बदनाम हुने किसिमका विषय उठाएको हुनाले कानूनी उपचारका लागि सम्बन्धित क्षेत्रको ध्यानाकषर्ण गराउन चाहन्छौ ध्यानकर्षण पत्रमा भनिएको छ । साथै सामाजिक संजालमा विभिन्न भ्रामक कुरा लेखि प्रकाशित गर्नुले मिडिया जगत र पत्रकारीता क्षेत्रको अपमान भएको युनियन जिल्ला शाखा दार्चुलाको ठहर छ ।
साथै यसै बिषयमा बुधवारनै मष्ट मालिका संचार प्रालिले पनि आफ्नो आधिकारीक लेटरपेडमा ध्यानाकर्षण भएको सार्वजनिक गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय