दार्चुला । जिल्लाको दुहुँ गाउपालिका वडा नम्वर २ मा रहेको मष्ट मालिका मन्दिरको छत चुहिने भएको छ । देशमा संघियता लागुहुनु पुर्व २०७३ सालमा भक्तालुहरु चन्दा संकलन र निर्माण कार्यमा जनश्रमदान गरी निर्माण गरेको मन्दिरको छत अहिले ठाउँठाउँमा चुहिने भएको मन्दिरका धामी जयसिह बडालले जानकारी दिए ।

भक्तालुहरुवाट चन्दा रकम संकलन गरी ८ लाख रुपैयामा खरिद गरेको ताम्रपत्र मिस्त्रिहरुले छत राख्न नजानेका कारण चुहिने भएको भक्तालुहरुको प्रारम्भिक बुझाई छ । पानी परेको बेला ठाउँठाउँमा चुहिने भएका कारण पुजाआजा गर्ने र रात्रिको समयमा जागराम वस्ने भक्तालुहरुलाई समस्या हुने गरेको छ ।

सोही समयमा मन्दिर निर्माणको लागि लाखौ बरावरको काठ समेत प्रयोग गरिएको थियो । चुहिने भएका कारण काठ समेत कुहिने सम्भावना समेत रहेको स्थानिय भक्तालु एवम मन्दिरका (भरण्या) हरक सिह बडालले जानकारी दिए ।
पुन मन्दिरको छतमा नया ताम्रपत्र खरिद गरि राख्नु पर्ने भएकाले १० लाख रुपैया भन्दा पनि बढी बजेट आवश्यक रहेको मन्दिर ब्यवस्थापन समितिको अनुमान छ ।

देशमा संघियता लागु नहुनु पुर्व मन्दिर निर्माणको लागि भक्तालुहरुले जनश्रमदान र ब्याक्तिगत रुपमा चन्दा संकलन गरी निर्माण गरेको भएपनि अहिले पुन निर्माणको लागि कुरा उठाउँदा भक्तालुहरुले तिनै तहको सरकारहरुलाई ताकेता गरिरहेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय