दार्चुला । निजी तथा आवासीय विद्यालय संगठन नेपालले दार्चुलाका प्रमुख जिल्ला अधिकारीलाई ७ बुदे माग सहित ज्ञापन वुझाएको छ । विहीवार निजी तथा आवासीय विद्यालय संगठन नेपाल दार्चुला अध्यक्ष प्रबेश प्रताव ऐतवाल नेतृत्वको टोलीले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई ज्ञापन पत्र बुझाएको हो । बिश्वब्यापी रुपमा फैलिएको कोभिड १९ ले गर्दा २०७६ चैत्रदेखी आजको मिति सम्म आईपुग्दा विद्यालय क्षेत्र पुर्ण रुपमा प्रभावित भएको र ईन्टरनेटको माध्यमवाट समेत शिक्षण सिकाई त्यति प्रभावकारी नभएको भन्दै अवस्थालाई सहज बनादिन विज्ञप्तिमा उल्लेख गरिएको छ ।
ज्ञापन पत्रमा सम्भव भए ५ बर्ष उमेर समुहका लागी पनि खोपको ब्यवस्था गरिनु पर्ने, शिक्षक कर्मचारीहरुका लागी बुस्टर डोजको ब्यवस्था हुनुपर्ने, नेपाल सरकार गृह मन्त्रालयद्धारा जारी आदेश अनुसार २५ जना विद्यार्थी भन्दा कम भएका जुनसुकै कक्षाहरु भैतिक रुपमा सम्पुर्ण सुरक्षाका मापदण्ड अपनाएर गर्न अनुमति दिनु पर्ने, शैक्षिक सत्र २०७८ को अन्तिम परीषा चैत्र मसान्तमा सम्पन्नगर्न वा गराउन पहल हुनपर्ने, स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेको नगरेको अनुगमन गरिनु पर्ने, नेपाल सरकार शान्ति सुरक्षा तथा नियन्त्रण शाखा कार्यालयको च.न. ६०७ मिती २०७८÷१०÷१६ को वुदा नं. ४ अनुसार प्यावसन अन्तर्गत माघ ५ गते बाट संचालन गरिनु पुर्व निर्धारित परिक्षा जनस्वास्थ्य मापदण्ड अपनाई २०७८÷१०÷२४ गते देखी संचालन अनुमति प्रदान गराउने र शिक्षक कर्मचारीहरुको लागि पनि उचित राहतको ब्यवस्था गराउनु पर्ने माग सहित ज्ञापन पत्र वुझाएका छन ।