
दार्चुला । जिल्लाका उच्च पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपात भैरहेको छ । बुधवार राति देखी मौषममा बदली भई विहीवार विहानैबाट हिमापात भएको स्थानियले बताएका छन । अहिले देशभर पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव परेको छ । यही प्रणालीको कारण मौसम बद्ली भइ वर्षा र हिमपात हुन लागेको हो ।
जिल्लाको ब्याँस गाउँपालिका, दुहुँ गाउँपालिका, अपिहिमाल गाउँपालिका, मार्मा गाउँपालिका, नौगाड गाउँपालिका लगायतका थुप्रै स्थानमा हिमपात भैरहेको त्यहाँबाट स्थानियहरुले जानकारी दिएका छन ।
भोलि देशभरको मौसम सामान्यदेखि पूर्ण बद्ली भइ धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । मौसमविद्का अनुसार पर्सि शनिवार पनि केही ठाउँमा वर्षा हुनेछ । आइतवारदेखि भने मौसम खुल्दै जानेछ ।