काठमाण्डौ । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन हुने भएको छ ।

आज बसेको परीक्षा बोर्डको बैठकले यस्तो निर्णय गरेको बोर्ड अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।

कोरोना महामारीले पठनपाठन प्रभावित भएको जनाउँदै बोर्डले नियमित समयभन्दा एक महिना ढिलो हुने गरी परीक्षा सञ्चालन गर्न लागेको हो ।

बैशाख ३० गते हुने स्थानीय तहको चुनावलाई समेत लक्षित गरेर वैशाख ९ गतेदेखि परीक्षा संचालन गर्न लागिएको जानकारी शर्माले दिए । नेपाल प्रेस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय