बैतडी २६ माघ । बैतडीका हिमाली तथा उच्च पहाडी क्षेत्रमा आज (बुधबार) वर्षासँगै हिमपात भएको छ । बैतडीका खोड्पे, सतबाँज, श्रीभावर लगायतका ठाउँहरुमा हिमपात भैरहेकोस्थानीयले बताएका छन् ।
सुदूरपश्चिमका पहाडी जिल्ला बैतडी, दार्चुलालगायतका केही स्थानमा हिमपात भइरहेको हो । अहिले पनि हिमपात भइरहेको छ ।
गत सातामात्रै सुदूर पहाडमा भारी हिमपात भएको थियो । हिमपातपछि यहाँको जनजीवन निकै प्रभावित बनेको छ । यस्तै आज तराइमा पनि विहानै देखी वर्षा भइरहेको छ ।