दार्चुला । नेपाली सेनाका प्रधानसेनापती प्रभुराम शर्माले निर्माणाधिन दार्चुला तिंकर सडकको अनुगमन गर्नु भएको छ । विहीबार हेलिकोप्टरवाट दार्चुला पुगेका प्रधान सेनापती शर्माले निर्माणाधिन दार्चुला तिंकर सडकको तुसारापानीदेखि कोठेधारसम्मको चार किलोमिटर सडक खण्डको निरिक्षण गर्नु भएको हो ।
दिउँसो १२ः४६ मा मालिकार्जुन नमुना माध्यामिक विद्यालय धापमा हेलिकोप्टरवाट अवतरण भएका शर्माले अवतरण पश्चात नगरपालिकाको वडा नम्वर ५ खेट्टेबगर स्थित गुरुगोरख गुल्मको तालिमको निरिक्षण गरेका थिए । प्रधानसेनापति शर्मासँगै रक्षा मन्त्रालयका सचिव किरणराज शर्मा र सहसचिव बावुराम अधिकारी सहित १३ जना सहभागी रहेका थिए।

निर्माणाधिन तिंकर सडकको तुसारापानीदेखि कोठेधारसम्मको चार किलोमिटर सडक खण्डको ट्र्याक निर्माण कार्यको जिम्मेवारी नेपाली सेनाले पाएको छ । अवलोकन पश्चात प्रधानसेनापती फर्किनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय