तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका– ५ ‘ङ’ लाईन स्थित तुलसी बोर्डिङचोक नजिकै रहेको इरम फुटवेयर जुत्ता चप्पल पसलको गोदाममा आगलागी हुदा तुलसीपुर ५ बस्ने ४२ बर्षिय नजरद्दिन अली, अन्दाजी ५ बर्षिय बालक अविनद्दिन अली, १६ बर्षिय मसिन बकस, १४ बर्षिय हसन बकस र १२ बर्षिया साजिता खातुनले ज्यान गुमाएको प्रहरीले जनाएको छ ।
गएराती दुई बजेतिर आगलागी हुदा घर भित्र फसेका उनीहरुको मृत्यु भएको भएको हो । आगलागी घटनाबाट ३८ बर्षिय अमर डाँगीलाई भने प्रहरीले सकुशल उद्धार गरेको छ । आगो अझै आगो पुर्ण नियन्त्रणमा आएको छैन ।
आगो नियन्त्रणमा ल्याउन इलाका प्रहरी कार्यालय तुलसीपुर, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय तथा तुलसीपुर र घोराही उपमहानगरपालिकाको दमकल खटिएका छन् । विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीको आंशका छ । आगलागीमा ठुलो मानविय संगै करोडौ मुल्य बराबरको क्षति भएको छ ।
बिहान पौने दुई बजेतिर गस्तीमा गएको प्रहरीको टोलीले आगलागी भएको दखेको थियो । मृतकहरुको शव अहिले राप्ती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ । रिपोर्टर्स नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय