
दार्चुला । २०७४ बैशाख २२ गते बर्तमान गाउपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीज्यु लाई पहिलोपटक फोन गरेको थिए । त्यो समय स्थानीय तहको पहिलो निर्वाचन को पुर्बसन्ध्याको थियोे । मैले मुलतः हाम्रो खलक संगको जग्गा विवादको प्रसङ्ग उठाएको थिए । उहाँले शालिनतापुर्बक भन्नू भयो “बाबू यो विषयमा म चिन्तित छु, यो प्राबिधिक समस्या हल गर्न म सधैं तत्पर छु, ढुक्क हुनु यो समस्या समाधान हुन्छ । “मैले अन्तिममा जितको अग्रिम शुभकामना भनी सम्बाद टुंगाए । त्यो पछी उहाँ र मेरो कहिल्यै सम्बाद भएन । संयोगबस हुने भेटघाटहरुमा मेरो आदरता र उहाँको प्रेमभाव बाहेक अन्तरङ्ग कुरो कहिल्यै भएन । जित पछि बधाई दिन हतार पनि गरिन । मलाई खै किन किन जित्ने लाई बधाई दिनु भन्दा हार्ने लाई सहानुभूति दिन मन पर्छ । सत्ता संग हुने अभिमान भन्दा सडक संग हुने सङ्घर्स मन पर्छ । खैर यो मेरो ब्यक्तिगत कुरो भयो ।
५ बर्ष अगाडि सचेतता पुर्बक दिन छुटेको बधाई आज दिन मन लागेको छ । इतिहासका खास खास मोड मा गरेका कर्महरु र दिएका अभिव्यक्ति हरुले नेतृत्व प्रती सम्मान जाग्दो रहेछ, गर्व लाग्दो रहेछ । मानवीय स्वभाव हो सुखमा हासी दिने भन्दा दुःखमा आँसु झारी दिने लाई सायद आफ्नो सम्झिन्छ होला । गत भदौ १३ गते रातिको बिनासकारी बाढी पछी आफ्नै ज्यान जोखिममा राखी जाली नहालेको बन्दै गरेको झोलुङ्गे पुलबाट जनताको घरदैलो मा पुगि उहाँहरुको घाउँमा मलमपट्टी लगाउने कर्मले नेतृत्वप्रती गर्व लाग्यो । अगिल्लो दिन मात्रै राजधानी बाट गाउँ पुगि भोलिपल्ट सबेरै उज्यालो हुन नपाउदै बाढीको बितण्डाले त्राहिमाम भएका जनता संग पुग्नुले राजनीतिमा थकान भन्ने चिज हुदो रहेनछ भन्ने थाहा भयो । त्यसपछि बाढी पीडित हरुको निम्ति गरेका विविध प्रयास हरुले मन छोयो । तथापि छरिएर रहेका हिमाली बस्ती हरुलाई राज्यले लिएको नीति अनुरुप सुरक्षीत ठाँउमा स्थान्तरण र एकीकृत नमुना बस्ती निर्माण गर्ने काम बाकी नै छ । आशा छ त्यो छिटै नै हुनेछ ।
कोभिड १९ ले विश्व नै आक्रान्त भएको बेला बिपन्न लाई राहत दिने सन्दर्भ होस या संकटमा परेका आफ्नै गाउँबासी लाई विभिन्न ठाँउबाट सुरक्षीत हिसाबले गाउँ फर्काउने पहलकदमी स्मरणीय छ । संघीयताको बारे अनेकन टीका टिप्पणी हुँदै गर्दा त्यो क्षण थाहा भयो संघीयताको महत्व र स्थानीय तहको सकारात्मक भुमिकाको बारे ।
एउटा शालीन र बौद्धिक ब्यक्ति संग जति आशा र अपेक्षा हुन्छन् त्यतिनै निराशा र आक्रोश पनि । भौतिक बिकासमा सन्तोषजनक प्रगती हुँदै गर्दा सामाजिक बिकासमा जनताको जनजीवनमा के कति प्रगति भए ? राजनीति प्रती निराश मेरो पुस्तालाई आशावादी गराउने कर्महरु के भए ? आर्थिक बिकासका सम्बाहक कृषि , उद्योग, पर्यटन र ब्यापारमा के कति कार्य भए ? मानवीय बिकासका लागि अपरिहार्य तत्व शिक्षा, स्वस्थ्य र जनचेतनाका क्षेत्रहरुमा के कति कार्य प्रगति भए ? यी आदि इत्यादि प्रश्न हरुको जबाफ खोजी रहेछ मेरो पुस्ता ।देशै भरी का स्थानीय तह हरुलाइ लाग्ने गरेको एउटै आरोप छ भ्यु टावरमा तीन अरब, मन्दिरमा एक अरब र जनतालाई साउदी अरब । यो आरोप बाट हाम्रो पालिका पनि सायद अछुतो रहन सकेन ।
नेपाली समाज यति बेला ठुलो आधिबेहरी पछीको स्तब्धता र सन्नटा जस्तो अवस्थामा छ । लोकतान्त्रिक युगको पुरानो पुस्ता थाकेको, गलेको अनि भोकाए जस्तो । digital युगको मेरो पुस्ता स्पष्ट दिशाबोध र कर्तव्यबोध बिना अलमलिए जस्तो छ । देश छोडेर भाग्न आतुर भए जस्तो यथास्थिति र निराशाको black hole ले ताने जस्तो छ ।
किन्तु परन्तु जेसुकै होस अबको एउटै मुद्दा निरासामा आशा जगाउने अनुभवी नेतृत्वको खाचो छ । शिरमा आमाको आशीर्वाद र अंगालोमा संगीनिको साथ अनि गह भरी आँसु झारी पराईको भुमीमा पसिना बगाउन बाध्य भएको बर्गलाई आफ्नै गाउँमा उद्दमशील बनाउने बाताबरणको सिर्जना जस्ले गर्न सक्छ यहि नै अबको निर्बिकल्प नेतृत्व हुनेछ । यो पत्रका लेखक नवराज जोशी सिद्धटोपी अनलाईन खबरका सम्पादक हुन ।