दार्चुला । ‘गरिब परिवार पहिचान गरी परिचय पत्र वितरण गर्ने’ कार्यक्रमको जतातेतै आलोचना भैरहेको छ । केहि दिन अघि जिल्लाको ब्याँस र दुहुँ गाउँपालिकामा सार्वजनिक गरिएको तथ्याङक लाई लिएर सामाजिक सञ्जालमा निकै आलोचना भैरहेको छ । ब्याँस गाउँपालिकाले माघ बीस गते ‘उत्तरदाताले गलत उत्तर दिएको कारण अथवा सङ्कलनकर्ताले गलत तथ्याङ्क समावेश गरेको कारण यदि तथ्याङ्कमा गल्ती देखाइएको भए तथ्याङ्क संशोधनका लागि’ भन्दै आमनागरिकका लागि सूचना मार्फत जानकारी गराएको छ ।

ब्याँस गाउँपालिकामा रहेका घरपरिवारको वर्गीकरण कार्य गल्ति भएको स्वीकार गर्दै त्यसलाई संशोधनका लागि गाउँपालिकाले सूचना जारी गरेको छ । गरिब परिवार पहिचान कार्यक्रमका सम्बन्धमा पछिल्लो पटक सार्वजनिक भएको जानकारीले नेपाल भरी कहीँ कतै घर नभएको, कुनै आमदानीको स्रोत नभएको, मागेर गुजारा चलाउने, घरेलु कामदारको रुपमा काम गर्ने, परिवारका सबै सदस्यसको उमेर अठार वर्षभन्दा मुनि भएको, सबै सदस्यहरु गम्भीर बिरामी र अपाङ्ग भएको तथा परिवारका सबैको उमेर पैसठ्ठीभन्दा माथि भएको परिवारलाई अति गरिबको सूचिमा राख्नु पर्ने देखिन्छ ।

कार्यक्रमले अति गरिब, मध्यम गरिब र सामान्य गरिब भनेर वर्गीकरण गर्न खोजेको देखिएपनि परिवारको आकार, परिवारको शैक्षिक अवस्था, औषत आयु, बालबालिकाको शिक्षा, परिवारका सदस्यको रोजगारीको अवस्था, आमदानीको स्रोत आदि विभिन्न सुचकाङ्कहरुका बारेमा गलत तथ्याङ्क दिदा वर्गीकरणमा समस्या भएको दुहुँ गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत भुपेन्द्र बडालले जानकारी दिए । सार्वजनिक सुचना मार्फत आजको मिति सम्म गुनासो गर्न समेत गाउँपालिकाले सुचना जारी गरेको र सोही अनुसार तथ्याङक हेरी हेरफेर गरि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयल पठाईने वुझिएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले १ बर्ष पहिले करार सम्झौतामा कर्मचारी नियुक्ती गरी गाउँगाउँमा कर्मचारी खटाएर तथ्याङक संकलन गराएको थियो । तथ्याङक संकलनकर्तालाई जानकारी दिने ब्याक्तिले झुठा सुचना दिएको आधारमा सप्टोयरमा ईन्ट्री गरेका कारण तथ्याङकमा गलत देखिएको वुझिन आएको छ ।

गरिब परिवार वर्गीकरण गर्दा तीनवटै स्तरका परिवारहरुको सूचि सार्वजनिक गरिए सँगै सार्वजनिक विवरणमा सरकारी जागरिवाला समेत परेका देखिन गएकाले आलोचना भैरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय