काठमाडौं  सत्तारुढ गठवन्धनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्ध महाअभियोग लगाउन संसद सचिवालयमा प्रस्ताव दर्ता गरेको छ ।  ९८ सांसदले प्रधानन्यायाधीशविरुद्ध संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरेकाे माअाेवादी प्रमुख सचेतक देव गुरुङले जानकारी दिए । कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूसहित सत्तारुढ दलका सांसद महाभियोग प्रस्ताव लिएर संसद् सचिवालय पुगेका थिए । आइतबार बिहान ९८ सांसदको हस्ताक्षरसहित सांसदहरू सभामुख अग्निप्रसाद सापकोटालाई भेट्न पुगेको सचिवालयका वरिष्ठ अधिकारीले जानकारी दिए । महाभियोग प्रस्ताव लिएर पुष्पा भुसाल, जीवनराम श्रेष्ठ, देव गुरुङ, गगन थापालगायत सांसद संसद् सचिवालय पुगेका हुन् । केही महिना अघि मन्त्रिमण्डलमा भागबन्डा खोजेको भन्ने विषयले चर्चा पाएपछि उनको आलोचना हुन थालेको हो। लगत्तै उनलाई राजीनामा दिन चौतर्फी दबाब परेको देखिएको थियो। तर उनले बरु महाभियोगको सामना गर्न तयार रहेको आत्मविश्वास प्रकट गरेका थिए। संसदमा महाअभियोग दर्ता भएपछि अब प्रधानन्यायाधीश राणा स्वत: निलम्बनमा पर्छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय