
दार्चुला साउन २९ ।
महाकाली नदि माथि लगाएका अवैध तुइन वन्द भएका छन् । तुइन वन्द भएपछि जिल्लाको विकट क्षेत्र ब्याँसका वासीन्दाहरुलाई सदरमुकाम खलंगा आउन निकै सास्ती भएको छ । नेपाल तर्फ निर्माणाधिन तिंकर सडकको निर्माण कार्य कछुवागतिमा अगाडि वढिरहेकोले व्यासका बासिन्दाहरुलाई आफ्नै भूमि नेपाल हुँदै सदरमुकाम आवत जावत गर्न समस्या भइरहेको छ । लामो समय देखी लुकीछिपी तुइनमार्फत महाकाली नदि तरेर भारतीय बाटो प्रयोग गर्ने विकल्प पनि जयसिह धामी वेपत्ता प्रकरणले बन्द भएको छ ।
भारतीय सशस्त्र सीमा सुरक्षा बल एसएसबी का २ जवानले तुइन फुकालिदिदा ब्यास गाउँपालीका वडा नं. २ का ३३ वर्षिय जयसिह धामी वेपत्ता घटना पछि भारतले महाकाली नदी पार गर्ने त्यस क्षेत्रका सबै तुइन बन्द गरेको स्थानियले वताए । तुइन बन्द गरिएपछि नेपालतिरको घुमाउरो र बाढीपहिरोले क्षतिग्रस्त बाटो प्रयोग गर्नुपरेको व्याँसका स्थानिय हरक कार्कीले वताए । नेपालतर्फको पैदल बाटो हिड्दा निकै अप्ठ्यारो हुने गरेको छ उनले भने ।
सदरमुकाम नपुगुन्जेलसम्म बाढीपहिरोको निकै त्रास हुने गरेको छ । सदरमुकाम आउन त खाली अलि सजिलो भएपनि सदरमुकाम खलंगावाट हिडेर भारी वोकेर जान निकै अप्ठ्यारो छ । अहिले ब्यास गाउँपालिकाको वडा नं. १, २, ३, र ४ का स्थानिय वडा नं. ५ तिग्रम हुँदै झोलुंगे पुलबाट भारत आवत जावत गरीरहेका छन् । व्याँस–५ तिग्रममा नेपाल–भारत जोड्ने झोलुंगे पुल रहेको छ ।
यो पुलबाट व्याँस गाउँपालिकाको वडा नं. ५ र ६ का बासिन्दाहरुलाई पायक पर्छ । धौलाकोटको आधा बस्ती, तिग्रम, चन्दाकोट हुतीलगायतका स्थानीय तिग्रम पुल प्रयोग गर्दै आईरहेका छन् । माथिल्लो व्याँस क्षेत्रका धेरैजसो बासिन्दा तुइन तरेर सदरमुकाम आउने जाने गरेका थिए । साउन १५ मा व्यास–२ मालघाटस्थित नेपाल–भारत आवतजावत गर्न बनाइएको तुइनमा स्थानीय जयसिंह धामी तर्दातर्दै भारतीय सशस्त्र सीमा बल एसएसबीका २ जवानले तुइन फुकालेर धामी बेपत्ता भएपछि महाकाली नदि माथि फेरि तुइन राखिएको छैन ।
स्थानीयले एकछिनको जोखिम मोलेर सदरमुकाम आवतजावतमा सहजताका लागि राखिने तुइन नभएपछि समस्या थपिएको माल गाउँका स्थानीय हरक कार्कीले वताए । ब्याँस गाउँपालिका वडा नं. २ का दुम्लिङ माल, राप्लालगायत ठाउँका बासिन्दाहरुलाई तिग्रम पुल पुग्न ८÷१० घण्टा लाग्दछ । स्थानीयले तुइन घटनामा धामी बेपत्ता हुनुमा प्रमुख दोषी एसएसबीलाई ठहर गरेपछि भारतले सीमा क्षेत्रमा सुरक्षा निगरानी केही दिनयता बढाएको पाइएको छ । घटना हुनुअघिसम्म एसएसबीले माथिल्लोस्तरको कुनै सुरक्षाकर्मी सीमामा निरीक्षणका लागि आएको अवस्थामा मात्र गस्ती बढाउने गरेका थिए । अन्य समयमा एकदुई पटक गस्तीमा देखिने र उनीहरू नभएको मौका छोपी तुइन जोडेर नेपालतर्फबाट सीमा वारपार गर्थे व्यासवासीहरु र स्थानियहरु । व्याँस गाउँपालिका वडा नं. २, ३ र ४ का स्थानीयलाई नुन–तेल, चिनी, लत्ताकपडादेखि दैनिक उपभोग्य खाद्य सामग्रीका लागि महाकाली तरेर भारतीय बजार त्यसै गरी सदरमुकाम खलंगा आउने गर्दथे । लामो समयसम्मका लागि खाद्यान्न जोहो नगरेका स्थानिय हरुलाई अव खाद्यन्न नपाईने हो की भन्ने पिर परेको छ ।
त्यसक्षेत्रका स्थानीय खाद्यान्न किन्न भारतीय सीमा बजार पाङ्गला, गस्कु र धारचुलासम्म आउने गरेका छन् । तुइनहरू बन्द हुँदा खाद्यान्न ल्याउन निकै समस्या भएको छ । व्याँसको तिंकर जोड्ने मुख्य मार्ग दार्चुला–टिंकर सडक सुन्सेरा सिना सम्म मात्रै ट्¥याक खोलिएको छ । अहिले वर्षातको समयमा सडकको ट्¥याक खोलिए पनि यातायातका साधन बन्द रहेका छन् । राट्रिय गौरवको आयोजनाको रुपमा रहेको दार्चुला–तिंकर सडक पनि अलपत्र अवस्थामा छ । आव २०६५÷०६६ मा १५ वर्ष भित्र सक्ने गरी निर्माणको कार्य थालनि भएपनि १ सय ३३ किलोमिटर मध्ये जम्मा अहिले ४० किलोमिटर मात्रै ट्¥याक खोलिएको छ । महाकाली नदीमाथि झोलुंगे पुल शिलान्यास भएको पनि ३ वर्ष वित्दा निर्माणको कुनै सुरसारनै छैन् ।