दार्चुला । जिल्लाका विभिन्न स्थानीय तहमा खानेपानी आयोजना मर्मतका लागी खानेपानी मन्त्रालयले बजेट विनियोजन गरिएको छ । खानेपानी मन्त्रालयले जिल्लाका ३ गाउँपालिका र २ नगरपालिकामा गरी १२ वटा खानेपानी योजनाहरु मर्मतको लागी प्रती योजना २५ लाख रुपैया बजेट विनियोजन गरेका छ ।
जिल्लाको चौडी बगजेवला खानेपानी आयोजना मार्मा गाउँपालिका ३, रिथी खानेपानी आयोजना अपिहिमाल गाउँपालिका ३, धामीगाउँ खोनपानी आयोजना अपिहिमाल गाउँपालिका ३, छिपान माङदाङ खानेपानी आयोजना मार्मा गाउँपालिका ६, कडेरवम, चाकिछडा, तिखाधार खानेपानी आयोजना नौगाड गाउँपालिका ५, दैभात खानेपानी आयोजना अपिहिमाल गाउँपालिका २, काटै खानेपानी आयोजना मुल्ला मैखोली महाकाली नगरपालिका २, सैनवन खानेपानी आयोजना शैल्यशिखर नगरपालिका १, राजा खानेपानी आयोजना शैल्यशिखर नगरपालिका १, जाख भण्डारी गाउँ खानेपानी आयोजना महाकाली नगरपालिका ३, बुढीचौरा खानेपानी आयोजना महाकाली नगरपालिका २, विम्ची खानेपानी आयोजना मार्मा ४ र मुली सिफी खानेपानी आयोजना नौगाड गाउँपालिका ४ का लागि २५ लाख रुपैया बजेट विनियोजन गरीएको छ ।
यस्तै सुदुरपश्चिम लगायत अन्य जिल्लाका खानेपानी आयोजनामा मन्त्रालयले बजेट विनियोजन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय