दार्चुला : दक्षिण एशियाली अन्तरदेशीय सिमानदीको पानीको सामुदायिक सदुपयोग परियोजना (ट्रोसा) कार्यक्रम मार्फत महिला सशक्तीकरण केन्द्रमा आबद्ध महिलाहरु अहिले विकास निर्माणका काममा जुटेका छन् । कार्यक्रमले समुह निर्माण गरि समुहमा महिलाहरुलाई आबद्ध गराएर विभिन्न किसिमका आयआर्जन तथा सिमा नदिको पानीको सामुदायिक सदुपयोग बारे जानकारी गराएपछि अहिले महिलाहरु आफै त्यो कार्यमा जुटेका हुन् । नदीका किनारमा बस्ने समुदायहरुको पानीको स्रोत माथिको हक संरक्षणका गर्न, नदी तटीय समुदायहरुको पानीको स्रोत माथिको हकलाई सम्मान गर्दै निजी क्षेत्र तथा सरोकारवालाहरुले आफ्नो निति तथा व्यवहारमा उन्नत किसिमले परिमार्जन गर्न, नदी किनारमा बसोबास गर्ने समुदायहरु र नागरिक समाजमा अन्तरदेशीय पानीको स्रोतको उचित व्यवस्थापन गर्न सक्ने क्षमता बृद्धि गर्ने उद्देश्यले यो कार्यक्रम दार्चुलामा संचालन गरिएको थियो । कार्यक्रमले सशक्तीकरणको माध्यामद्धारा महिलाहरु सशक्त भई पानीको व्यवस्थापन तथा पानी सम्बन्धी भौतिक पुर्वाधार निर्माण कार्यको निर्णय प्रक्रियामा सक्रिय रुपमा छलफल गर्न सक्ने र आफ्नो मुद्धा सम्बोधनका लागी सम्बन्धित सरोकारवाला निकायसंग समन्वय र सहकार्य गर्न सक्षम भई विकास निर्माणका काममा जुटेको पाइएको छ । यो कार्यक्रम दार्चुलाका दुहुँ, ब्याँस, मालिकार्जुन, लेकम गाउँपालिका र महाकाली नगरपालिकामा संचालनमा छ । महाकाली नदिले यी स्थानिय तह भएर बगी रहेको छ । महाकाली नगरपालिका वडा नम्बर ८ का महिलाहरु सगरमाथा महिला सशक्तीकरण केन्द्र र न्यु भगवति महिला सशक्तीकरण केन्द्रमा आबद्ध रहि विभिन्न किसिमका विकास निर्माणका कामहरु गर्दै आइरहेका छन् । उनिहरुले वडा नम्बर ८ को काकडा स्थित बिच काकडा गाउँमा खानेपानी ट्याङ्की, सिचाँई ट्याङ्की, नहर, बाटो र काठेपुल निर्माण गरेका छन् । कृषि ज्ञान केन्द्र र महाकाली वडा नम्बर ८ को कार्यालयले बजेटको व्यवस्थापन गरेर महिलाहरुलाई विकास निर्माणका काममा आबद्ध गराएको पाइएको छ । कार्यक्रमले ९ ओटा महिला सशक्तीकरण केन्द्र गठन गरी करिव २ सय ८० महिलालाई प्रत्यक्ष रुपमा जोडेको कार्यक्रम संयोजक मान सिंह कार्कीले जानकारी दिनुभयो । यसैबिच जिल्ला स्तरीय अनुगमन तथा महिला सशक्तीकरण केन्द्रको दिगोपनाका लागी सरोकारवाला संग छलफल गरिएको छ । जिल्ला समन्वय समिति प्रमुख करविर बहादुर कार्कीको नेतृत्वमा अनुगमन तथा छलफल गरिएको कार्यक्रम संयोजक कार्कीले बताउनुभयो । परियोजना सकिए पछि पनि महिला सशक्तिकरण केन्द्रलाई दिगो बनाई निरन्तरताको लागि छलफल तथा परियोजनाले गरेका कार्यलाई आगामि दिनमा स्थानिय तह तथा सम्बन्धित सरोकारवालाहरुले अपनत्व लिनेबारे समेत अनुगमनका क्रममा छलफल गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय