दार्चुला । दुहु गाउँपालिकाको सार्वजनिक सुनुवाई सुरु भएको छ । जस अन्तर्गत बुधवार वडा नम्बर १ पिपौलचौरी र वडा नम्बर ३ ब्रह्मदेवको सार्वजनिक सुनुवाइ गरिएको छ । दुहु गाउँपालिकाको आयोजना तथा संचार विकास केन्द्रद्धारा संचालित रेडियो दार्चुला एफएमको सहजीकरणमा वडा नम्बर १ र ३ को सार्बजनिक सुनुवाइ गरिएको हो ।
चालु आर्थिक वर्ष २०७८÷०७९ को पहिलो चौमासिकको सार्वजनिक सुनुवाई गरिएको हो । वडा नम्बर १ का अध्यक्ष जय बहादुर बमको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा ६ जनाले सुझाव, सल्लाह एवं जिज्ञासा राखेका थिए । पहिलो चौमासिकमा बस्ती स्तरबाट माग गरिएका योजना मध्ये २५ योजना छनौट गरि कार्यान्वयनमा छन । यस्तै वडाबाट १ सय ४१ जना गैर दलित जेष्ठ नागरीक, ८ जना दलित जेष्ठ नागरिक, ८ जना पूर्ण अपाङ्ग, १६ जना आशिंक अपागं, ३५ जना विधुवा महिला, २४ जना एकल महिला तथा १७ बालवालिकालाई बाल संरक्षण अनुदान तर्फको सामाजिक सुरक्षा भत्ता वितरण गरिएको वडा सचिव राम सिह धामीले जानकारी दिनुभयो ।
पहिलो चौमासिकको अवधिमा २९ जनाको जन्मदर्ता, ११ जनाको मृत्यु दर्ता, ३ जोडीको विवाह दर्ता तथा ७ जनाले बसाई सराई गरेका छन् । यस्तै ३२ जनालाई नेपाली नागरिकताको सिफारिस दिइएको छ । ९ जनाको नागरिकता प्रतिलिपी, १९ जनाको नाता प्रमाणित गरी अन्य २ सय १५ सिफारिस गरिएको वडा कार्यालयले जनाएको छ ।
वडा कार्यालयले चालु आर्थिक वर्षको अवधिमा ५७ हजार ८ सय २७ रुपैयाँ राजश्व संकलन गरेको जनाएको छ । यसैबीच दुहुँ गाउँपालिका वडा नम्बर ३ को पनि सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा वडाबाट १ सय ४ जना गैर दलित जेष्ठ नागरीक, २३ जना दलित जेष्ठ नागरिक, ४ जना पूर्ण अपाङ्ग, ८ जना आशिंक अपागं, ४९ जना विधुवा महिला, ३२ जना एकल महिला तथा ४५ बालवालिकालाई बाल संरक्षण अनुदान तर्फको सामाजिक सुरक्षा भत्ता वितरण गरिएको वडा सचिव इन्द्रा बमले जानकारी दिए । पहिलो चौमासिकको अवधिमा १६ जनाको जन्मदर्ता, ८ जनाको मृत्यु दर्ता, १५ जोडीको विवाह दर्ता तथा ५ परिवारले बसाई सराई गरेका छन् । यस्तै ४१ जनालाई नेपाली नागरिकताको सिफारिस दिइएको छ । २० जनाको नागरिकता प्रतिलिपी, २५ जनाको नाता प्रमाणित गरी अन्य २ सय २० सिफारिस गरिएको वडा कार्यालयले जनाएको छ ।
वडा कार्यालयले चालु आर्थिक वर्षको अवधिमा ६७ हजार ५ सय २६ रुपैयाँ राजश्व संकलन गरेको जनाएको छ । बिहिवार भोली वडा नम्बर २ हिकिला र वडा नम्बर ४ को धारीमा सार्वजनिक सुनुवाइ गरिने आयोजकले जनाएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to siddatopikhabar
Made with ❤️ By Gorkhaly Labs