दार्चुला । दुहुँ गाउँपालिकाको चालु आर्थिक वर्षको पहिलो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । दुहुँ गाउँपालिकाको आयोजना तथा संचार विकास केन्द्रद्धारा संचालित रेडियो दार्चुला एफएमको सहजीकरणमा गाउँपालिकाका सम्पूर्ण वडा लगायत पालिकाको सार्बजनिक सुनुवाइ गरिएको हो । शनिवार दुहुँ गाउँकार्यपालिकाको चालु आर्थिक वर्ष २०७८÷०७९ को पहिलो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न गरिएको हो । पालिकाले ६ सय ८ जना गैर दलित जेष्ठ नागरीक, ५९ जना दलित जेष्ठ नागरिक, ३१ जना पूर्ण अपाङ्ग, ७१ जना आशिंक अपागं, २०६ विधुवा महिला, १५१ जना एकल महिला तथा १२८ बालवालिकालाई बाल संरक्षण अनुदान तर्फको सामाजिक सुरक्षा भत्ता वितरण गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र सिंह बडालले जानकारी दिए ।
पहिलो चौमासिकको अवधिमा ९५ जनाको जन्मदर्ता, ४१ जनाको मृत्यु दर्ता, ३६ जोडीको विवाह दर्ता गरिएको जनाइएको छ । पालिकाले चालु आर्थिक वर्षको अवधिमा १ लाख २० हजार ७ सय १० रुपैयाँ राजश्व संकलन गरेको जनाएको छ । सार्वजनिक सुनुवाई कार्यक्रम गाउँपालिकाका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको हो । उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष ईश्वरी जोशी, वडाका जनप्रतिनिधि, निमित्त प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र सिंह बडाल, कार्यालयका कर्मचारी, सरोकारवाला निकाय लगायत ५० जनाको सहभागिता रहेको थियो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to siddatopikhabar
Made with ❤️ By Gorkhaly Labs