दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका–६ पनेबाजका एक पुरुषको कुटानी पिसानी मिलमा बेरिएर मृत्यु भएको छ । आफ्नै कुटानी पिसानी मिलमा आईतबार बिहान ९ बजे तिर बेरिएर ५० वर्षीया धनसिह धामीको घटनास्थलमै ज्यान गएको मृतकका आफन्तले बताएका छन ।

अन्न पिध्ने क्रममा मिलको फितामा बेरिदाँ च्यापिएर धामीको ज्यान गएको हो ।घटनाबारे बुझ्न मालिकार्जुन प्रहरी चौकीबाट प्रहरी नायब निरीक्षकको टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

थप विवरण आउन बाँकी छ । मृतक धामीको शरीर टुक्रा, टुक्रा भएको छ । उनका श्रीमती र एक छोरा दुई छोरी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय